• २५ वैशाख २०८१, मङ्गलबार

ट्रकले ठक्कर दिँदा एकै परिवारको पाँचको मृत्यु

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक १७ गते । भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चौकुने गाउँपालिका –७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उहाँकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, उहाँका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार छन् ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो । घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट्र राज्यको बीच भागमा पर्छ । 

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गएराति उहाँहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका –७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिनुभयो । वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

‘रतनको परिवार सबै एउटै बाइकमा सवार हुनुहुन्थ्यो भन्ने कुरा मैले परिवारबाट बुझेँ’ धमलाले भन्नुभयो, ‘अस्पताल र कोठा नजिक पनि भएर होला तीन जना ठूलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझियो ।’ मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहाँ रहनुभएको थियो ।