• ९ मंसिर २०८१, आइतबार

इजरायल–हमास युद्धप्रभाव

blog

अमेरिका, बेलायतलगायत पश्चिमी देशहरूले गाजापट्टीको युद्ध इजरायलको आफ्नो रक्षा अधिकारभित्रको विषय हो भनेर समर्थन जनाएका छन् । रुस र चीनले हमासले पछिल्लो समय गरेको क्रियाकलापको बारेमा प्रतिक्रिया नै नदिई युद्धविरामको आह्वान गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने इजरायल प्यालेस्टाइनको मुद्दा नयाँ भूराजनीतिक प्रभावको व्यापक प्रवृत्तिसँग जोडिन पनि सक्छ । मानव समुदायका शान्तिको चाहनाका निन्ति युद्ध रोकिनु पर्छ । मानवीय मूल्यको उच्च सम्मान गर्दै युद्ध रोकी वार्ताद्वारा समाधान खोजिनु वाञ्छनीय छ ।

इजरायल र हमासबिच युद्ध भएको छ  । हमासलाई इजरायललगायत युरोपियन युनियन र अमेरिकाले आतङ्कवादी इस्लामी समूह भनेर घोषणा गरेको छ तर हमासले नै अहिलेको मध्यपूर्वको युद्धरत क्षेत्र गाजामा सन् २००६ देखि प्रशासनिक काम सम्पादन गर्दै आएको छ । गाजामा शासन सम्हालेदेखि नै हमासका लडाकुहरूले इजरायलमा रकेटलगायत अन्य साङ्घातिक हमला गर्दै आएका थिए भने इजरायलले पनि हमलाको जवाफ स्वरूप आक्रमण गर्दै आएको थियो ।

लामो पृष्ठभूमि

 इजरायल र प्यालेस्टाइन, अरबबिचको सङघर्षको इतिहास धेरै लामो छ । यसको बीजारोपण १९ औँ शताब्दीबाट सुरु भएको हो । सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घले सङ्कल्प १८१ लाई कार्यरूप दियो । यो कार्यरूप अनुसार बेलायती उपनिवेशमा रहेको अटोमन साम्राज्यको सानो हिस्सालाई अरब र यहुदी राज्यमा विभाजन गरियो । फलस्वरूप १४ मे १९४८ मा एउटा स्वतन्त्र राज्यको रूपमा इजरायल स्थापना भयो तर विभाजनपछि पनि शान्ति स्थापना हुन सकेन र तत्काल अरब र इजरायलबिच लडाइँ भयो । १९४९ मा इजरायलले युद्धमा विजय प्राप्त ग¥यो तर सात लाख पचास हजार प्यालेस्टिानी नागरिक विस्थापित भए ।  राज्य पनि तीन भागमा विभाजन भयो । इजरायल, वेस्ट बैङ्क र गाजापट्टी । तनाव भने रोकिएन । फेरि सन् १९५६ मा दोस्रो अरब इजरायल युद्ध (स्वेज सङ्कट र सिनाइ प्रायद्वीप माथि इजरायली आक्रमण भयो । 

इजरायली आक्रमण रोक्न इजिप्ट सिरिया र जोर्डनले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरे र सन् १९६७ मा एकै चोटि इजरायलमाथि आक्रमण गरे । इजरायललाई पराजित गर्न सकेनन् । छ दिनको युद्धबाट इजरायलले जोडर्न बाट वयस्ट बैङ्क र पूर्वी जेरुसलेम र सिरियाबाट गोलान हाइट्स लिनसमेत सफल भयो । त्यसपछि अरब राष्ट्रहरू केही समय शान्त भए तर छ वर्षपछि इजिप्ट र सिरिया मिलेर इजरायल माथि एक साथ आश्चर्य पूर्ण तरिकाले आक्रमण गरे जसलाई योम किप्पर युद्ध या अक्टोबर युद्ध पनि भनिन्छ । युद्धबाट इजिप्ट र सिरियालाई कुनै लाभ नभए पनि इजिप्ट र सिरियाबाट कब्जा गरेको भूमिमाथि वार्ता गर्न इजरायल तयार भयो । अन्तमा १९७९ मा क्याम्प डेविड सम्झौतामा इजरायलले हस्ताक्षर ग¥यो । आपसी सम्बन्ध सुधार भयो भन्ने आकलन गरियो तर प्यालेस्टाइनका नागरिकहरूको आत्म निर्णय र स्वशासनको प्रश्न भने यथावत् रह्यो । 

१९८७ मा गाजापट्टी र वेस्ट बैङ्कमा बस्ने प्यालेस्टाइनका नागरिकले ठुलो विद्रोह गरे यसलाई इन्तिफादा इन्तिफादा अर्थात् उत्पीडनविरुद्ध वैध विद्रोहको रूपमा चिनिन्छ । त्यसपछि नागरिक असन्तुष्टि र विद्रोहहरू भइरहे र सन् १९९३ मा पहिलोचोटि ओस्लो सम्झौता अन्तर्गत सङ्घर्षको मध्यस्थता भयो । प्यालेस्टिानीलाई वेस्ट बैङ्क र गाजामा स्वशासन कायम गर्नका लागि एउटा रूपरेखा तयार ग¥यो । यो सम्झौता इजरायलका तत्कालीन प्रधानमन्त्री इज्याक रबिन र पिएलओका तत्कालीन नेता यासिर अराफतबिच भएको थियो । सम्झौता कार्यान्वयनमा वेस्ट बैङ्कको छ वटा ठुला सहर र ४५० वटा गाउँको बस्तीबाट इजरायलको सम्पूर्ण नियन्त्रण हटाउन अनिवार्य थियो तर यत्तिमा  प्यालेस्टिानीहरू सन्तुष्ट हुन सकेनन् । फतहको नेतृत्वमा दोस्रो विद्रोह सुरु भयो । फतह र इजरायलबिच थुप्रै वार्ता भए र  सन् २००२ मा इजरायलले ठुलो पर्खालसमेत निर्माण ग¥यो । त्यतिखेर फतहाले नै गाजामा शासन गथ्र्यो तर २००६ मा आमचुनाव भयो । फतहा पराजित भयो । जनताले हमासलाई विजय गराइदिए र हमास गाजापट्टीका जनताले स्वीकार गरेको आधिकारिक दलको रूपमा उदय भयो । स्थापना कालताका धार्मिक सङ्गठनको रूपमा इजरायलले हमासलाई स्वीकार गर्नुका साथै सहयोगसमेत गरेको थियो तर चुनावमा विजयपश्चात् हमासले इजरायलको अस्तित्व नै स्वीकार गर्न अस्वीकार ग¥यो । इजरायलले पनि हमासलाई आतङ्कवादी सङ्गठन घोषणा ग¥यो  ।

 गाजापट्टीबाट हमासका लडाकुहरूले सुरुवातदेखि नै इजरायलमा रकेट हमला गर्दै आएका थिए र ती हमलालाई इजरायलले आइरन डोम (अत्यन्त परिष्कृत मिसाइल रक्षा प्रणाली) द्वारा निस्व्रिmय बनाउँथ्यो र इजरायलमा त्यसको प्रभाव शून्यको बराबर नै थियो तर अक्टोबरको पहिलो सप्ताहमा हमासका लडाकुहरूले इजरायलका केही भागको सञ्चार संयन्त्र पूर्ण रूपले ध्वस्त बनाए । उनीहरूले गाजाको सीमा रेखा पार गरेर इजरायली नागरिकहरूलाई नियन्त्रणमा लिए र सङ्गीत समारोहमा मज्जाले रमाइरहेका इजरायललगायत विभिन्न देशका निहत्था मानिसलाई कायरतापूर्ण तरिकाले गोली हानेर ज्यान लिए । यो घटना सामान्य थिएन । जर्मनीमा हिटलरद्वारा गरिएको  नरसंहार पछि यहुदीहरूले एकैचोटि सबैभन्दा बढी ज्यान गुमाएको घटना नै यही थियो । यसै कारणले होला इजरायलले यसको केही समयपछि नै युद्धको घोषणा ग¥यो र आक्रमण ग¥यो । इजरायलको आक्रमणमा अहिलेसम्म हजाराँै गाजापट्टीका मानिसले ज्यान गुमाइसकेका छन् । यसको साथै इजरायलले गाजामा आवश्यक इन्धनलगायत पानी र बिजुलीको आपूर्तिसमेत बन्द गरेको छ । 

पछिल्लो अवस्था 

मध्यपूर्वमा इजरायल र अरेबियनहरूको युद्ध कुनै नौलो विषय होइन तर युद्ध या विश्व भूराजनीतिक तनाव अक्सर आर्थिक विकासको बारेमा मानिसहरूको धारणालाई आकार दिनमा महत्वपूर्ण भूमिका रहन्छ । अनुसन्धान अनुसार युद्धको स्थितिले विश्वकै मानिसहरूरूमा चिन्ता बढाउँछ र उनीहरूलाई निराश बनाउँछ ।  व्यवसाय खर्च र लगानी गर्न मानिसलाई अधिक सतर्क बनाउँछ । अहिले पनि युद्धले संसारलाई निराश बनाएको छ । अहिले नै इजरायल हमासबिचको युद्धको दीर्घकालीन आर्थिक प्रभावको आकलन गर्न जटिल हुन्छ तर मध्यपूर्वमा सङ्घर्षको कारण अत्यावश्यक इन्धनको मूल्य असमान्य रूपले बढोत्तरी भएको तथ्य विगत मा छ । १९७३, ७४ को ओपेक तेल प्रतिबन्ध, १९७९ को इरानी क्रान्ति, १९८० मा सुरु भएको इरान इराक युद्ध, र १९९० को पर्सियन गल्फ वार (फारस) को खाडीमा भएको युद्धमा इन्धनको मूल्यमा असमान्य वृद्धि हुँदा विश्वको अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको थियो । 

वैश्विक वित्तीय बजारमा अहिलेको इजरायल हमास सङ्घर्षको प्रभाव चाहिँ अन्य प्रमुख क्षत्रीय शक्तिको भागीदारीले पनि भूमिका रहन्छ । यो युद्ध इजरायल र हमासबिच मात्र सीमित रह्यो भने वैश्विक बजारमा यसको प्रभाव नगन्य या अत्यन्त सीमित हुने गर्छ तर सङ्घर्षमा इरानलगायतका अन्य ठुला तेल उत्पादक देशहरूको संलग्नता भयो भने वैश्विक अर्थ व्यवस्था खलबलिन सक्छ । जहातहीँ उपभोक्ताको लागत असमान्य रूपमा बढ्न सक्छ । 

इन्धनको मूल्य वृद्धि हुनासाथ नेपाल जस्तो विकासोन्मुख अर्थव्यवस्थामा समेत मुद्रास्फीति दबाब कम गर्ने प्रयासमा बाधा उत्पन्न हुन थाल्छ । स्फीति रोक्न उच्च ब्याजदर राख्नुपर्ने हुन्छ । नेपालमा इजरायल हमास युद्धले प्रत्यक्ष प्रभाव पनि पार्ने गर्छ । अहिले पनि इजरायलमा पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् । इजरायल नेपालीको रोजगारीको लागि आकर्षक गन्तव्य पनि हो । यस कारण रोजगारीबाट प्राप्त हने विपे्रषण पनि घट्ने स्पष्ट छ । युद्धको सुरुवाती चरणमा नै नेपालीले ज्यान गुमाइसकेका छन । पीडा र प्रभाव गहिरो हुने नै भयो । अहिले भएको सुनको मूल्य वृद्धिको प्रमुख कारण इजरायल हमास युद्धलाई भन्ने गरिएको छ । सुरक्षित सम्पत्तिको उपयोगमा आर्थिक अनिश्चितताको विरुद्ध सुरक्षाको रूपमा गर्ने गरिन्छ, जसले गर्दा सुनको मूल्यमा अहिले व्यापक बढोत्तरी भएको छ । 

  

Author

प्रदिप्नराज पन्त