संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमण मुख्य गरी जलवायु परिवर्तन र नेपालको शान्ति प्रव्रिmयाको विषयमा केन्द्रित रह्यो । सङ्घीय संसद् र लुम्बिनीमा राष्ट्रसङ्घका महासचिवले दिएको भाषणले यी दुई विषयलाई उच्च महìव दिएको स्पष्ट हुन्छ । त्यसो त उहाँले विभिन्न देशमा जारी युद्धको विषयमा समेत चासो दिनुभयो । नेपालको शान्ति प्रक्रिया वर्षौंदेखि अधुरो छ । न्याय नपाएर कैयौँ मान्छे दुःखित र पीडित छन् । यसलाई टुङ्गोमा पु¥याउनु राष्ट्रिय कार्यभार हो ।
हुन पनि बिग्रँदो जलवायु स्थितिका कारण संसारमा अनेकौँ प्राकृतिक विपत्ति देखा परेका छन् । आँधी हुरी, अतिवृष्टि, अनावृष्टि, भूकम्प, ज्वालामुखी विस्फोट, सामुद्रिक सुनामी, सुक्खा खडेरी, तापमानमा अप्रत्यासित वृद्धि, हिमप्रपात, तीव्र हिम स्खलन, चव्रmवात, रेडियोधर्मी विकिरण आदिले हरेक वर्ष लाखौँ मानवीय र धेरै धनजनको क्षति भइरहेको छ । यस्तो विनाश पैदा हुनुमा स्वयं प्रकृति कम तर मानवीय कर्म ज्यादा जिम्मेवार छ । मानिसले प्रकृतिमाथि नियन्त्रण गर्न खोज्दा यस्ता अनेकौँ दुष्परिणाम पैदा भएका हुन् ।
तीव्र वन विनाश, सहरी प्रदूषण, रासायनिक तथा जैविक अस्त्र निर्माण, औद्योगिक प्रदूषण, यातायातबाट उत्पन्न प्रदूषण, कीटनाशक विष उत्पादन र प्रयोग, कृत्रिम मलको प्रयोग आदि यस्ता थुप्रै मानवीय कार्यहरू गरिएका छन् । जसले वातावरणीय सन्तुलन मात्र ध्वस्त तुल्याइरहेको छैन, ओजन तहलाई समेत ध्वस्त पारी अत्यन्त घातक रेडियोधर्मी विकीरण आउनमा मद्दत पु¥याइरहेको छ । खास गरी माथि उल्लिखित मानवीय दुष्कर्मकै उपज हुन् सन् २०१३ मा पैदा भएका प्राकृतिक विपत्तिहरू ।
चीनको युनान र ग्वान्जाउ प्रान्तको सीमा क्षेत्रमा गएको ५.७ रेक्टर स्केलको भूकम्प जाँदा ४३ जना मानिसले ज्यान गुमाए भने २० हजार घर क्षतिग्रस्त बने । चीनकै दक्षिणी क्षेत्रमा मार्च महिनामा आएको भीषण फनावी नामक आँधी र यसपछि परेको मुसलधारे पानीका कारण २६ जनाले ज्यान गुमाए । यस्तै इरानमा अप्रिलमा भएको ६.३ रेक्टर स्केलको दुई वटा भूकम्पमा ७६ जनाले ज्यान गुमाए भने हजारौँ हताहत भए । अप्रिल २५ मा अफगानिस्तानमा गएको भूकम्पमा परी ३८ जनाले जीवनलीला पूरा गरे ।
अप्रिल महिनामा नै अर्जेन्टिनामा आएको भीषण बाढीको चपेटामा परी ५४ ले ज्यान गुमाए । १४ लाख मान्छे विस्थापित भए । मे महिनामा बङ्गाल खाडीको दक्षिणी भागबाट उत्पन्न आँधीले एसियाका छ वटा देश प्रभावित भए । यसबाट भारतमा मात्रै ४८ ले ज्यान गुमाए । मे २१ मा अमेरिकाको ओक्लाहो सहरमा आएको टोर्नाडो हुरीको चपेटामा परी ३५४ ले प्राण गुमाए । जुन महिनामा भारतको उत्तराखण्डमा परेको भयङ्कर वर्षाले पाँच हजार छ सयभन्दा धेरै मान्छेले ज्यान गुमाए भने पाँच लाखभन्दा धेरै मान्छे विस्थापित भए । धेरै भौतिक सम्पत्ति नष्ट भयो । चीनका हेनान, सिचुआन र हाङ्जी प्रान्तमा परेको भीषण वर्षापछि आएको बाढीको चपेटामा परी ५७ ले ज्यान गुमाए भने करिब एक करोड २० लाख मानिस यसको प्रभावमा परे ।
अक्टुबरमा भारतमा आएको पायलिन नामक आँधीले निकै ठुलो विनाश लीला रच्यो । यसको कहरमा परी सयौँले ज्यान गुमाए भने लाखौँ मानिस घरवारविहीन भए । नोभेम्बरमा फिलिपिन्समा आएको हेइयान नामक आँधीका कारण १० हजारले प्राण गुमाए भने ४० लाख मान्छे प्रत्यक्ष प्रभावित भए । यसै आँधीले भियतनाममा पनि धक्का पु¥यायो । यहाँ यसले ११ को ज्यान लियो ।
छ लाख मान्छे यसको चपेटामा परी विस्थापित हुनुप¥यो । यसपछि पनि श्रीलङ्का क्षेत्रमा उत्पन्न सामुद्रिक सुनामी, भारतको गुजरात प्रान्त र नेपालमा २०७२ सालको भूकम्प र हालै अफ्रिकी देशमा आएको आँधीले नदी नै गायब गरिदिएका घटनाबाट भएको धनजनको क्षति आकलन गरिसाध्य छैन । दुई वर्षअघि भएको अतिवृष्टिले मेलम्ची र यस वर्षको अतिवृष्टिले मुस्ताङको कागबेनीमा पु¥याएको क्षति वर्णनातीत छन् ।
अर्को कुरा वातावरणीय सन्तुलनमा पैदा भएको विचलनकै कारण ऋतु अनुरूपको पर्यावरणीय चव्रm चलिरहेको देखिन्न । समयअगावै फल लाग्ने, फल नै नलाग्ने, लागिहाले पनि अस्वाभाविक रूपमा सानो वा कमसल हुने, स्वादरहित हुने आदि समस्या देखा परिरहेको अनुभूति हुन्छ । यस्तै जाडो मौसममा अति जाडो, गर्मी मौसममा पनि अतिसय गर्मी । जाडो र गर्मीको मात्रा पनि बर्सेनि बढ्दो क्रममा देखा पर्दै जानुले जलवायुमा उत्पन्न समस्यातर्फ नै सङ्केत गरिरहेको आभास हुन्छ । यी त खासखास अलि ठुला प्रकृतिका घटना हुन् । ससाना बाढीपहिरो, भूकम्प र खडेरीबाट उत्पन्न समस्या अझै धेरै छन् । यी घटना हुनमा मूलतः मानवीय व्यवहार नै कारक रहेको वातावरणविद्को ठहर छ । यस्ता मानवीय कर्मबाट उत्पन्न समस्यालाई समयमै समाधान गर्न नसकिएमा झन्झन् भयावह स्थिति उत्पन्न हुन सक्ने स्पष्ट छ । यसर्थ यसबाट जोगिन र भावी पुस्तालाई समेत सिर्जनात्मक मार्गतर्फ डो¥याउन अपरिहार्य छ ।
कार्बन उत्सर्जनमा न्यूनीकरण
सर्वप्रथम रासायनिक तथा जैविक अस्त्र निर्माण र प्रयोग तथा विषादीको उत्पादन र प्रयोग शून्यमा झार्नै पर्छ । यसमा सर्वप्रथम अमेरिका प्रतिबद्ध हुनु जरुरी छ । चीन, रुस, बेलायत, उत्तर कोरिया, भारत, पाकिस्तान, इरान आदि देशहरू शक्तिको होड परित्याग गरी भाइचारा नीतिमा आउनु आवश्यक छ । यसका अतिरिक्त सबै खाले प्रदूषण रोक्ने अचुक औषधी भनेको वन विस्तार नै हो । चीनमा वनको व्यापक विस्तार भएको छ भने नेपालमा पनि वनलाई सामुदायिकीकरण गरेपछि यसको संरक्षण र संवर्धन हुन थालेको छ । यसले वन्यजन्तु र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्न थालेको पाइए पनि यो न्यूनतम वृद्धि मात्रै हो ।
कम्तीमा पनि वन संरक्षणबाट जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सकिन्छ । यसको संरक्षण र व्यवस्थापन गरी यसअघि संरक्षित कार्बनलाई कायम गर्न सकिनुका साथै नयाँ क्षेत्रमा वन विस्तार गर्न सकिन्छ । अघिल्ला वर्षमा गोरखा, चितवन र दोलखाका १०५ सामुदायिक वनले कार्बनको उत्सर्जन घटाएको र कार्बनको सञ्चिति बढाएबापत प्रोत्साहनस्वरूप एक लाख डलर प्राप्त गरेका थिए । यसर्थ सबै प्रकारको लाभ हासिल गर्न वृक्षरोपण गरी आफूले उत्सर्जन गरेको कार्बनडाइअक्साइडको क्षतिपूर्ति गर्न सकिन्छ । यसका लागि वातावरणीय चेतनाको अभिवृद्धि गर्नु पर्दछ ।
घर, महल आदिको निर्माणमा रड, सिमेन्टद्वारा निर्मित भवनले कार्बन धेरै उत्सर्जन गर्दछ तर काठले कार्बनलाई उत्सर्जन नगरी बरु भण्डारण गरेर राख्ने भएकाले काष्ठनिर्मित सामग्रीको प्रयोगमा बढावा दिनुपर्दछ तर काठको प्रयोगबाट तत्काल फाइदा हासिल हुन नसके पनि २० देखि ४० वर्षपछि यसको असर देखिन सक्छ । यसबाट तत्कालका लागि संरक्षित हुन आवश्यक पर्ने हरेक खालका अस्थायी पूर्वतयारी गर्नु आवश्यक छ । यसबाट दीर्घ रूपमा संरक्षित हुन स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत आवश्यक नीति बनाई पालना भए÷नभएको अनुगमन गरी नीति पालना गर्नेलाई सम्मान र नगर्नेलाई दण्डित गर्नु पर्दछ ।
वन विनाशमा रोक
वनको संरक्षण र संवर्धन नै समग्र समस्याको अचुक औषधी हुन सक्छ । वनका वासस्थान सञ्जालको विकास गर्ने, वन्यजन्तुको मार्ग बनाउने, वन तथा वन भएको ठाउँलाई व्यवस्थापन गरेमा समस्याको निराकरण गर्न सकिन्छ तर यस्तो व्यवस्थापन दिगो प्रकृतिको हुनु जरुरी छ । यसका लागि सम्बन्धित सबै पक्षबाट प्रतिबद्धता व्यक्त हुनु जरुरी छ । हालै ब्राजिलमा जलवायुसम्बन्धी महासम्मेलन (रियो–२०) सम्पन्न भएको छ र यसले कार्बन उत्सर्जन न्यूनीकरण गर्न निर्देश गरेको छ । कार्बन उत्सर्जन गर्ने देशले कार्बन कम गर्ने, भण्डारण गर्ने तथा सञ्चिति गर्ने देशलाई क्षतिपूर्ति एवं प्रोत्साहन दिन निर्देश गरेको पनि छ ।
वनमा आएको ह्रासलाई रोकी पुनस्र्थापित गर्न, काष्ठ तथा वन पैदावरमा वृद्धि गर्ने अनुकूलको योजना तर्जुमा गर्नुपर्ने तथा भावी पुस्ताका लागि वन संरक्षण र संवर्धन गर्न अपरिहार्य छ । वन पैदावरको उचित मात्रामा मात्र उपयोग गर्न तथा ग्यास सिलिन्डरको कम मात्रामा उपयोग गर्न सौर्य ऊर्जा, वायो ऊर्जा आदिको वैकल्पिक रूपमा प्रयोग गरेर यी वस्तु उत्पादन र प्रयोगबाट उत्पन्न हुने प्रदूषणलाई न्यून गर्नमा समेत सहयोग पुग्दछ । यसर्थ महासचिव गुटेर्रेसले व्यक्त गरेको विचार खासमा नेपालको समस्या भए पनि यो त अझ विश्व ब्रह्माण्डको संरक्षण र संवर्धनका निम्ति हो । कम्तीमा पनि नेपालले पाउनुपर्ने न्यायका निम्ति उहाँको यो कथन निकै महìवपूर्ण छ । यसैलाई उपयोग गरेर भए पनि विश्व मञ्चमा नेपालले न्यायका निम्ति आवाज बुलन्द तुल्याउनु र आफ्नो देशसँगै विश्वकल्याणका निम्ति काम गर्न सक्नु पर्छ ।