• १३ साउन २०८१, आइतबार

प्याराग्लाइडिङ पाइलटको मापसे जाँच

blog

लेखनाथ, कात्तिक १७ गते । प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामले प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गरेको हो । ३५ प्यारा पाइलटको मापसे जाँच गरिएको र कसैले मापसे नगरे नपाइएको डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

पोखराको प्याराग्लाइडिङ यही असोज २८ गतेबाट तोरी पानीबाट उडाउन सुरु गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि १० महिनाअघि पोखरा–२४, मान्द्रे ढुङ्गा सारिएको थियो । मान्द्रे ढुङ्गा सारिएपछि उडान गर्ने यात्रु उल्लेख्य कम भएको नाको दाबी छ । क्यानले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उडान गर्न अनुमति दिएको छ । 

पोखराको नेपाल हवाई खेलकुद संस्था(ना)मा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ कम्पनीले अहिले उडान भर्ने गरेका छन् । करिब चार सय लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट रहे पनि हाल दुई सय ५० जति पाइलट कार्यरत छन् । 

Author

फडिन्द्र अधिकारी