प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संवैधानिक निकायलाई ‘रिटायर्डको क्लब’ जस्तो बनाउनु नहुने टिप्पणी गर्नुभएको छ ।
कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको बताएका छन् । कर्मचारी समायोजन ऐन २०७५ र कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम भजनी नगरपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन ।
नेपालका दुई खेलाडीले जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् ।
डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतले रेलमार्गमा कटान भएको सालको गोलियालाई अनधिकृतरुपमा दाउरा आकारको काठ बनाई बिक्री गरेको खुलेको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशाङ्क कोइरालाले संविधान रक्षाको लागि सत्तारुढ दलबीच गठबन्धन गरिएको बताउनुभएको छ।
स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरि ‘ए’ टोली एसी मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो।
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिका –३ दानाका एकल महिलालाई गाउँपालिकाले साबुन तथा सरफ बनाउने तालिम दिन थालेको छ ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको छ।
पाली कांग्रेसकी सांसद् डा. आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ।
त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ ।
सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो ।