सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।
कास्की, कात्तिक १६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ ।माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो ।आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेकाे सार्दिखोला भराभरीस्थित सेतीनदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड छ । यसमा रु. तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ । रासस
करिब १४ वर्षअघि (२०६६ को मङ्सिर १९) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को स्वास्थ्य र सभ्यतामै के असर गर्छ भन्ने तर्क र बहस सुरु भएका थिए ।
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्री परिषद्को बैठकले उहाँहरूलाई सचिवमा बढुवा गर्ने र संसद्को अधिवेशन अन्त्य गर्ने लगायतका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो।
सदा झैँ आज पनि मिठुको आक्रोश विस्तारित पारिवारिक घरको पर्खालभन्दा बाहिर प्रतिध्वनित भइरहेको छ । घरमा यस्तो घटना दिनहुँजसो हुन थालेको छ । एउटै कोठामा सुत्ने उनका भाइहरू (काकाका छोरा
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गर्नुभएको छ ।
प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ। तिहारमा देउसी भैलो खेल्नेहरूले मादलको माग बढी गर्ने भएकाले व्यस्तता बढेको हो ।
यो प्राचीन कथा या दन्त्यकथा होइन । दराइलीका तीन जना दिदी बहिनी थिए । उसकी आमा मरेपछि जेठी दिदीलाई बुवाले काठमाडौँका एक जना धनी मान्छेलाई दिए । कान्छीलाई घरेलु कामदार बनाउन प्रधानपञ्चकी नातिनीले मधेसतिर लगिन् । दराइली अलिक सोझी र लुरुलुरु टेर्ने भएकाले यसो भातपानी गर्न बाउले आफैँसँग राखे
भारतले चन्द्रयान–३ र सूर्य मिसनपछि अब समुद्रको गहिराइ नाप्ने तयारी गरेको छ । यसका लागि भारतले समुद्रमा जाने यान बनाउँदै छ । यसलाई समुद्रयान साथै मत्स्य ६००० पनि भनिएको छ । यस यानमा तीन जना समुद्रको छ हजार मिटर गहिराइसम्म जाने छन् अनि त्यहाँ अध्ययन र अनुसन्धान गर्ने छन् । चेन्नइको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले यो यान बनाइरहेको छ । यो एक सामुद्रिक मिसन हुने छ । जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लु इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जानकारी प्राप्त हुने छन् ।
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्यवहारमा उतार्नुभएको छ । बाँसबाट बन्ने सामान बनाएर उहाँले परिवारलाई मात्रै पाल्नुभएको छैन, छोराछोरीलाई पढाएर जागिरेसम्म बनाउनुभएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका वडा नं –६ मुन्दु गाउँमा आमा सहित तीन जना बालकले सामूहिक ज्यान गुमाएका आफन्तले घटनाको पाँच दिन बितिसक्दा पनि शव बुझेका छैनन् ।