• २६ वैशाख २०८१, बुधबार

भारतको समुद्रयान मिसन

blog

भारतले चन्द्रयान–३ र सूर्य मिसनपछि अब समुद्रको गहिराइ नाप्ने तयारी गरेको छ । यसका लागि भारतले समुद्रमा जाने यान बनाउँदै छ । यसलाई समुद्रयान साथै मत्स्य ६००० पनि भनिएको छ । यस यानमा तीन जना समुद्रको छ हजार मिटर गहिराइसम्म जाने छन् अनि त्यहाँ अध्ययन र अनुसन्धान गर्ने छन् । चेन्नइको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले यो यान बनाइरहेको छ ।

यो एक सामुद्रिक मिसन हुने छ । जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लु इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जानकारी प्राप्त हुने छन् । 

समुद्रयान मिसन पूर्ण रूपमा स्वदेशी लगानी तथा प्रविधिमा बनेको भारतीय सामुद्रिक परियोजना भएको दाबी छ । समुद्रयान एक पनडुब्बी हो । यसको ब्यास २.१ मिटर छ । यसमा १२ घण्टाका लागि तीन जनाले समुद्रको छ हजार मिटरको गहिराइसम्म जान र ९६ घण्टासम्म समुद्रभित्र रहन सक्ने छन् ।