सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्। काठमाडौँ उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ (बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन भएको छ ।
नेपाल चलचित्र नृत्य संघका कलाकारहरुले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाइ ज्ञापन गर्नुभएको छ ।
बैशाख दास्रो साता बुटवलमा नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन हुनेभएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रीय अधिवेसन हुने भएको हो । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफनो अगुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताउनुभयो । संस्थागत रुपमा उठाएका मुद्दाहरु सरकारबाट सम्बोधन गराउन सहज र सफल हुने उहाँको भनाइ छ ।
वैशाखको पहिलो साता नै भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ।
लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ । नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड (उपकरण बाहेक) सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ।
प्रतियोगिताको पहिलो दिन खुलातर्फ उच्च रेटेड खेलाडी फिडेमास्टर रुपेश जैशवाल, अर्का फिडेमास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी, युवा खेलाडी पुरुषोत्तम सिलवालले जित निकाल्नु भएको छ ।
सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र मेची राजमार्गका अवैध संरचना भत्काउन थालिएको छ।
१३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।
नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्व वागी उम्मेदवारलाई गरेको कारबाही फुकुवा गरेको छ।
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ।