अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा निर्णय सुनाउने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ । सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खाने बस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु थालेको छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीन सय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एक सय शय्यालाई विस्तार गरी तीन सय शय्या स्तरोन्नति गरिने भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको उल्लेख गर्नुहुँदै अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ ।
अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् ।
काठमाडौँ, कात्तिक १५ गते । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् ।
पछिल्लो समय जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा समेत माछापालन व्यवसाय विस्तार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ ।
दाङका दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन ।