प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
नेपाली बालबालिका सुरक्षित खेलौना खेल्ने अधिकारबाट वञ्चित मात्र छैनन् उनीहरूमा अनेक खालका हानिकारक तत्वको असर पनि परिरहेको छ । बालबालिकाकै हकहित संरक्षण गर्नका लागि गठन भएका मन्त्रालय, विभाग, आयोग र आयोजनालाई बालबालिकाले खेल्ने खेलौना वा खाने पूरक आहारामा पाइने घातक रसायनका बारेमा कुनै चासो नै छैन । साथै यससम्बन्धी प्राविधिक जनशक्ति एवं प्रयोगशाला जस्ता आवश्यक पूर्वाधारको त कमी नै छ ।
पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो ।
विसं २०७८ को जनगणना अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा दसैँ नेपालको सबैभन्दा धेरै मानिसले मान्ने चाडपर्व हो । यो छोटो लेखमा नवदुर्गाको नाम र ती देवीका बारेमा केही जानकारी दिइएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ का उत्तरी दुर्गम लप्चीवासीले हिउँदभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका छन् । करिब चार वर्षपछि चीनसँग सिमाना जोडिएको दोलखाको
कलेजोका कतिपय क्यान्सर कलेजोबाटै सुरु हुन्छन् । कलेजोको क्यान्सर कलेजोमै सुरु हुनेलाई प्राथमिक खालको मानिन्छ भने अन्य अङ्गमा लागेको क्यान्सर फैलिएर कलेजोमा पनि असर ग¥यो भने त्यसलाई द्वितीय प्रकारको भनिन्छ । अधिकतर अन्यत्रबाट फैलिएर कलेजोमा असर परेर कलेजोको क्यान्सर देखिन्छ । विश्वमा कलेजोको क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढ्दै छ । प्राथमिक खालको कलेजोको क्यान्सर विश्वमा छैटौँ मुख्य क्यान्सर हो भने यो
ग्रामीण बस्तीको पहिचान बोकेको काठको घर, माटोले लिपेको भित्ता, कलात्मक रूपमा बनाइएका भुइँटाँडे र भुइँघरहरू गाउँबाट विस्थापित हुन थालेका छन् । कङ्व्रिmटको सहरबाट गाउँ आउनेहरू
शताब्दीयौँदेखि गाईबस्तुको रहस्यमय अङ्गच्छेदनको घटना भइरहेका छन् । आमसिकारीदेखि अज्ञात उडनतस्तरी यी घटनाका जिम्मेवार रहेको व्याख्या हुने गरेको छ । वास्तविकता के हो ? मुर्दा गाईबस्तुको अवस्था देखेर तिनका पालक स्तब्ध हुन्थे । पशुका आँखा, कान, पेट, मलद्वार, यौन अङ्ग र जिब्रो चतु¥याइँपूर्वक काटिएको देख्दा यस्तो लाग्थ्यो धारिलो र सफा उपकरणले तिनलाई काटिएको हो । मरेका गाईबस्तुको शरीरमा रगतको थोपा हुँदैनथ्यो । घटनास्थलमा न त कसैको पदचिह्न देखिन्थ्यो न त त्यहाँ मौकाको फाइदा उठाउने मुर्दाखोर नै फेला पर्दथे ।
अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग ९युएसएआइडी०का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।
किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ ।
गल्याङ (स्याङ्जा), कात्तिक १५ गते । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको थियो ।उहाँले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आउनुभएको छ । उहाँको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उहाँले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गर्नुभयो । उहाँले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आउनुुभएको छ ।किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आउनुभएको छ । उहाँले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आउनुभएको छ । “विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उहाँले भन्नुुभयो, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।”पित्लेकमा २६ र खहरेमा १० गरेर उहाँले कुुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गर्नुभएको छ । उहाँको सात स्थायी टनेल छन् । फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उहाँसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उहाँले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुुभयो ।रु चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले रु २५ लाख पुुगेको छ । “सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुुभयो, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ । हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुुष्ट रहेको बताउनुुभयो । “गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ”, उहाँले थप्नुुभयो, “नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।”उहाँले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गर्नुुभयो । “स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुुहुन्छ, मलाई हौसला दिएर जानुुहुन्छ”, उहाँले खुसी व्यक्त गर्नुभयो, “यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।”उहाँले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिनुुभयो । उहाँले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाउनुभएको छ । छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गर्नुभयो । “हामीले स्थानीय बजारलाई लक्षीत गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ”, हुमनाथले भन्नुुभयो, “हाम्रो तरकारी बजारमा पुुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गर्नुभयो । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उहाँको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उहाँको तर्क छ । हुुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहनुभएको छ । रासस
पूर्वी नेपालको दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीहरूले भुटानी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि भूमिका खेल्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आग्रह गरेका छन् ।
भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन १२ वर्ष हुँदासमेत सम्पन्न नभएपछि विद्यालयले थप योजना पाउन सकेका छैनन् । धनुषा जिल्लाको नगराइन नगरपालिकाका छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन सकेका छैनन् ।
मकवानपुरमा रहेका सिमसार क्षेत्रहरू उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । २०७२ को भूकम्प, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण सिमसार क्षेत्रहरू जोखिममा पर्दै गएको डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले जनाएको छ । जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका सिमसार क्षेत्रहरूको पहिचान र अध्ययन गर्ने क्रममा सो तथ्य खुलेको हो ।