संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेर्रेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो । बुद्धको जन्मस्थल लुम्बिनी आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हो, मानवीयता मर्न दिनुहुन्न,” उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ ।”
गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताउनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।
नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउनेगरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभामा आज (मङ्गलबार) तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।
लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् ।
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका –३ मदनचोकबाट दिउँसो नगद रकमसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा भएको छ ।
अक्टोबर ७ यता इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरायलले बताएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ ।