• ३० वैशाख २०८३, बुधबार

प्याराग्लाइडिङ दुर्घटनामा चिनिया नागरिक घाइते

blog

फाइल तस्बिर ।

फडिन्द्र अधिकारी 

लेखनाथ, वैशाख ३० गते । कास्कीको पोखरा महानगरपालिका १८, खपौदीमा बुधबार भएको प्याराग्लाइडिङ दुर्घटनामा एक चिनिया नागरिक घाइते हुनुभएको छ । 

दिउँसो पौने १ बजेतिर अवतरणका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा ६४ वर्षीय चिनिया नागरिक लि जिन मिन घाइते हुनुभएको हो ।

घाइते मिनको अवस्था मध्यम रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

दुर्घटनामा परेको प्याराग्लाइडिङका पाइलट भने सकुशल रहेको बस्नेतले जानकारी दिनुभयो ।