लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ ।
बिरुवा गाउँपालिका –७ गहतेमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिएको छ ।
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहेपनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ ।
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ ।
दुर्गमको एउटा स्वास्थ्य संस्थाले बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ ।
तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु¥यायो ।
सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ । जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २० कि महिला उद्यमी बिन्दु चर्तिमगरले व्यवसायिक रुपमा फूलखेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तिमगर फूलखेतीमा रमाइरहनु भएको छ ।
गुल्मीमा बङ्गालोमा आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका–६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडिको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ ।महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभएको छ ।