• १ जेठ २०८२, बिहिबार

गोरखापत्रकर्मी खान भारतको कानपुरमा सम्मानित

blog

गोरखापत्रकर्मी खानलाई सम्मानित गर्दै अतिथिहरु । तस्बिर : गोरखापत्र

सिराज खान
नेपालगन्ज, कात्तिक १४ गते ।
गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ ।

इन्डियन जर्नलिस्ट एशोसिएसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र  कानपुरमा सोमबार आयोजना गरिएको वर्तमान परिप्रेक्ष्यमा पत्रकारहरुको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।

इन्डियन जर्नलिस्ट एशोसिएनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा. रमेश बर्मा, अन्जनि निगम लगायतले गोरखापत्रकर्मी खानलाई सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले लोकतन्त्रको रक्षाका लागि भारत र नेपालका पत्रकारको भूमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि सोही कार्यमा लागिरहेको बताएका थिए ।

कार्यक्रममा एशोसिएसनका राष्ट्रिय अध्यक्ष  कुरैशिले एशोसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताउनुभयो  ।सो अवसरमा भारतका दर्जनभन्दा बढी वरिष्ठ पत्रकारलाई विभिन्न सम्मान प्रदान गरिएको थियोे ।

सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्नेलगायत पत्रकारको सुरक्षा सम्बन्धी विभिन्न प्रस्ताव पनि पारित गरेको एशोसिएसनको कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताउनुभयो । सो सम्मेलनमा भारत र नेपालका दुई सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।