• १ जेठ २०८२, बिहिबार

बङ्गालोमा आगलागी पाँच लाखको क्षति

blog

मालिका गाउँपालिका–६ फूलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा लागेको आगो । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १४ गते ।
गुल्मीमा बङ्गालोमा आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका–६ फूलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार राति २ः४० बजेको समयमा भण्डारीको ढुङ्गाले छाएको दुईतले कच्ची बङ्गालोमा बिजुली सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार राति ३ः१० बजेको समयमा प्रहरी चौकी मरभुङमा फोन मार्फत आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्र.स.नि. दीपक शाहको कमाण्डमा प्रहरी टोली खटिएको हो ।

आगलागीबाट एउटा माउ भैंसी जलेर घाइते भएको छ । बङ्गालो पूर्णरुपमा जली क्षति भएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

बिहान ५ः२० बजेको समयमा प्रहरी र स्थानीयवासीको सहगोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।