लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बिचमा एकताको सन्देश दिने बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।
बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले उखु किसानलाई समयमै भुक्तानी दिन निर्देशन दिनुभएको छ ।
ललितपुरमा प्रतिष्ठित ब्याड्मिन्टन प्रतियोगिताका रूपमा रहेको यल कप रनिङ शिल्डको १३ औँ संस्करण शनिबार सुरु हुनेभएको छ । ललितपुरका टोलबिच २०६५ मा पहिलो पटक भएको प्रतियोगिताको हरेक वर्ष फरक आयोजकले गर्ने परम्परा छ ।
देशभरि कार्यालयमा काम गर्ने समय बिहीबारदेखि एक घण्टा घट्ने भएको छ । बिहीबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको हो ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गर्न लागेको महोत्सवमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।
धनुषाको मिथिला नगरपालिकास्थित जङ्गल नजिक बस्तीमा हात्तीको त्रास बढेको छ । बस्ती नजिककैको जङ्गलमा दैनिकजसो हात्ती देखिन थालेपछि त्रास बढेको हो ।
विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार दिगो विकास, आर्थिक वृद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
एक थान पेस्तोल, तीन थान गोली, ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई सय ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ठ १५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।