मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तीनवटा पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यही वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो।
नयाँ सरकार गठन भएको सय दिनमा प्रदेश सरकारले नाम र खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या घटाएर सकारात्मक सन्देश दिएको छ। कोशी प्रदेश सरकार गठन भएको सय दिनको अवधिमा प्रदेश सांसदबाट नामकरण टुङ्ग्याउने र मन्त्रालय फुटाएर १३ सङ्ख्या पु¥याइएकोमा पुनः घटाएर नौमा झारिएको हो।
ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभएको छ ।
सदरमुकाम नजिकै भएर पनि खोलाको धमिलो पानी खाएर जीवन गुजारा गर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ र १६ का उपभोक्ताले अब भने त्यसबाट छुटकारा पाएका छन्। कोशी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शाहीखोला खानेपानी योजना शनिबारदेखि सञ्चालन भएसँगै स्थानीय बासिन्दाले शुद्ध, स्वच्छ र सफा खानेपानी पाएका हुन्।
बागमती प्रदेश सरकार गठन भएको मङ्गलबार सय दिन पुग्दा पनि सरकार बजेट खर्च र कानुन निर्माण दुवैमा चुकेको छ। सरकारको सय दिनको अवधिमा न बजेट खर्च भएको छ न त ऐन निर्माणलाई नै प्राथमिकता दिइएको छ। सरकारको नेतृत्व गर्नुभएका नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सय दिनको अधिकांश समय नागरिकसँग जोडिएका काममा भन्दा सत्ता जोडघटाउमा बितेको छ। गत पुस २५ गते प्रदेश सभाका बहुमत दल र प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुखबाट नियुक्त भई पुस २६ गते शपथ लिएको जम्कट्टेल नेतृत्वको सरकारले मन्त्रालय सङ्ख्या घटाउनेबाहेक प्रदेशको पूर्वाधार र नीतिगत ठोस काम गरेको देखिँदैन।
पाँच दलीय गठबन्धनका शीर्ष नेता आज (बुधबार) तनहुँ आउनु हुने भएको छ । प्रधानमन्त्रीसहित शीर्ष नेता तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषियोग्य बाँझो जमिनबारे अध्ययन गर्न एक कार्यदल गठन गर्नुभएको छ । कृषियोग्य जमिन बाँझो रहेका कारण कृषि उत्पादनमा कमी आएको भन्दै ती जमिनलाई कृषिका लागि कसरी उपयोग गर्ने ? त्यस विषयमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्न उहाँले कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो ।
खोलामा नुहाउने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका ३७ वर्षीय भिमबहादुर कुँवरको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाश सपुतको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘सकम्बरी’ अहिले दर्शकमाझ चर्चाको घेरामा छ । गीतलाई कतिले नारी अस्मितासँग जोडेर विरोध गरिरहेका छन् भने कतिले सपुतको समर्थन गरिरहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हातहातमा पुस्तक’ पुर्याउने उद्देश्यसहित ४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
१. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ – राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको । – सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको । घोषणापत्रमा समेटिएका मुख्य व्यवस्था
मध्यमकालीन खर्च संरचनाको उद्देश्य १. मध्यमकालीन खर्च संरचनाको परिचय दिँदै यसको उद्देश्य तथा महत्वमाथि प्रकाश पार्नुहोस् । सीमित स्रोतसाधनलाई सरकार सञ्चालन, सेवा प्रवाह र विकास प्रक्रियामा आदर्शतम उपयोग हुने गरी बाँडफाँट गर्ने त्रि–वर्षीय चक्रीय योजना नै मध्यमकालीन खर्च संरचना हो । यसले सरकारको नीतिगत प्राथमिकतालाई वार्षिक बजेट तथा कार्यक्रमको प्राथमिकतासँग आबद्ध गर्दछ । आवधिक योजना र क्षेत्रगत योजनाका लक्ष्य, उद्देश्य, नीति तथा रणनीतिलाई वार्षिक कार्यक्रममा रूपान्तरित गरी कार्यान्वयनमा ल्याउन मद्दत गर्दछ । मध्यमकालीन खर्च संरचनाको उद्देश्य तथा महत्व
सरकारले काठमाडौँ, तराई/मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्नका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। मङ्गलबारको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो। जग्गासम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस विषयमा सरकार गम्भीर रहेको र सहरी विकास मन्त्रालयले पनि त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको छ । तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।