• ९ मंसिर २०८१, आइतबार

दावाको ‘झम्के बुलाकी’

blog

काठमाडौँ, कात्तिक १६ गते । गायक दावा तामाङको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘झम्के बुलाकी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेश श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठ फिचर्ड छन् । दुवैलाई रोमान्टिक भावमा देखाइएको छ । गायक दावाले पहिलो पटक यो गीतमा सङ्गीत भरेका हुन् ।

भिडियोमा उकेशनचन्द्र गुरुङको मेकअप, प्रशान्त मगरको सहायक कोरियोग्राफी, विनोद लामाको सह–छायाङ्कन, सुभम भुजेलको कोरियोग्राफी, दिपु कृष्ण डङ्गोल (दीप्सन) को छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, हरि महर्जन (हेरी) को क्रिएटिभ निर्देशन र कुवेर तामाङको निर्देशन छ । भिडियोको निर्माता टङ्क पौडेल र नेहा क्षेत्री हुनुहुन्छ ।