निर्वाचन आयोगले सातै प्रदेशका मतदाताको सङ्ख्या सार्जजनिक गरेको छ । सोमबार आयोगले उमेर समूह अनुसार प्रदेशगत मतदाताको सङ्ख्या सार्वजनिक गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साबिक माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने माओवादी पार्टीले जानकारी दिएको हो ।
गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदातालाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले गोरखापत्रमा कार्यरत समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको हो ।
काठमाडौं, कात्तिक २१ गते । अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक ओम राउतले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ मितिको बारेमा जानकारी दिनुभएको हो । यसअघि फिल्म आगामी १२ जनवरी सन् २०२३ मा रिलिज हुने भनिएको थियो । तर अब फिल्म आगामी १६ जुन सन् २०२३ मा रिलिज हुने तयारीमा छ । 'टी-सिरिज' र 'रेट्रोफाइल्स प्रोडक्सन'ले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो । फिल्ममा सैफ अली खान र कृति सेननसमेत मुख्य भूमिकामा देख्न सकिनेछ ।
पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याममा स्काई वाक (सिसाको टावर) निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्न कन्याम क्लाउडले पाँच करोड रुपियाँको लगानीमा स्काई वाकको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको मोरङको निर्वाचन क्षेत्र नं. ३ मा यो पटक पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसका उम्मेद्वारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । अभिनेत्री रेखा थापा राप्रपाबाट उम्मेदवार बनेपछि दुवै उम्मेदवारलाई चुनौती थपिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभएको छ ।
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि अस्पतालमा भर्ना हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड ग्रहण गर्न आइसल्यान्डतर्फ जाँदै हुनुहुन्छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट तीन तीन पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र गठबन्धनको समर्थन पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा चुनावी प्रतिस्पर्धा हुँदैछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ ।