रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।
आइसीसी टी – २० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् ।
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ ।
पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो ।
हेटौँडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो ।
विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।
चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढङ्गले नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् ।
जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो ।
पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।
बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो ।