विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मङ्गलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।
पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानका रुपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ ।
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिनुभएको छ ।