विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाउन रामेछापमा अब वडा तहबाटै काम हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सदरमुकाम मन्थलीमा राष्ट्रिय परिचयपत्रसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी अब परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिएको हो।
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्नुहुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ।
प्रमुख राजनीतिक दलले जातीय भेदभाव तथा छुवाछूतलाई घोषणापत्रमा खासै प्राथमिकता दिएका छैनन्। कुल जनसङ्ख्याको करिब १४ प्रतिशत जनसङ्ख्या अहिले पनि जातीय भेदभाव तथा छुवाछूतको सिकार बन्ने गरेका छन्। राजनीतिक दलका घोषणा पत्र हेर्दा परम्परागत दृष्टिकोणबाट माथि उठेको देखिँदैन।
किसान खेतमा व्यस्त रहँदा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवार धान खेतमै भोट माग्न पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्न हतारो छ भने सुनसरीका कृषकलाई धान थन्क्याउने चटारो परेको छ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि चारै किसिमका मतपत्र र निर्वाचन सामग्री कर्णालीका चार जिल्लामा ढुवानी भएको छ। सडक यातायात नजोडिएको कर्णालीका हिमाली हुम्ला र डोल्पालगायत जुम्ला र मुगुमा पनि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतदेखि ती सामग्री र मतपत्र ढुवानी भएका हुन्।
गुल्मीमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गाउँबस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ। जनताको मत आफ्नो पोल्टामा पार्न विभिन्न चुनावी एजेन्डा लिएर दलका प्रतिनिधि तथा उम्मेदवा घरदैलोमै पुगिरहेका छन्।
गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको सङ्गीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औँ जन्मजयन्तीमा सार्वजनिक गरिएको हो। वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, श्रीमती गङ्गा कार्की, गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मालगायतका कलाकारले संयुक्त रूपमा ‘म चेतन’ लोकार्पण गर्नुभएको हो ।
चलचित्र ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘मायाको रङ्ग हुँदैन’ बोलको गीतमा स्वर धर्मेन्द्र सेवान र रेखा शाहको छ। उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारले सङ्गीत दिनुभएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न गर्न आठबिस नगरपालिकाको केन्द्र राकम कर्णाली बजारमा सीसीटीभी जडान गरिएको छ । आठबिस नगरपालिकाको सहयोगमा राकम कर्णाली बजार क्षेत्रमा नौवटा सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
गत वर्ष कात्तिक महिनामा परेको अविरल वर्षाले उत्पन्न भएको बाढीपहिरोमा परी बिचल्लीमा परेका यहाँका बाढीपीडितहरूले आफ्नो समस्या समाधान गर्ने दललाई मत दिने बताएका छन् । बाढीपहिरोका कारण पुख्र्यौली थातबासबाट उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढीपीडितहरूले आफूहरू घरबारविहीन भएको अवस्थामा जुन दलले आफ्ना समस्या समाधान गर्छ त्यही दल र उम्मेदवारलाई मत दिने बताएका छन् ।
अभिव्यक्तिको स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र घृणात्मक अभिव्यक्तिलाई मिलाउनु हुँदैन । त्यो त दूषित हुन्छ । त्यो त विष हो ।
कुनै पनि मुलुकमा औद्योगिक गतिविधिसहित सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउन बैङ्क तथा वित्तीय संस्था र उद्योग–व्यवसायबीच निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यी दुईबीचको सम्बन्ध नङ र मासुझैँ हुनुपर्छ। एकलाई परेको समस्याले अर्कोलाई प्रत्यक्ष रूपमै प्रभावित गरिरहेको हुन्छ। यी दुवै क्षेत्रको सकारात्मक विकासका निम्ति दुवैबीच सौहार्द र रचनात्मक सम्बन्ध विस्तार हुनु अति आवश्यक देखिन्छ तर
चुनावी घोषणापत्र ल्याटिन शब्द, ‘म्यनिफस्तुम’बाट आएको हो, जसको अर्थ स्पष्ट पार्नु हो। १८४७ को कोट नरसंहारपछि सत्तामा आएपछि जङ्गबहादुर राणाले शासन गर्दा सन् १८४८ मा माक्र्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक भएको थियो। संसदीय लोकतन्त्रको जन्मभूमि इङ्गल्यान्डमा पहिलो घोषणापत्र सन् १९०० को निर्वाचनमा जोन सालिसबरीले सार्वजनिक गरेका थिए।
मैथिली साहित्यका महाकवि विद्यापति साहित्यका महान् साधक थिए। उनको साहित्य साधनाले नै मैथिली साहित्यलाई लोकप्रिय र सर्वव्यापी बनाएको हो। विद्यापति दक्षिण मिथिलाको विस्फी भन्ने गाउँमा पिता पण्डित गणपति ठाकुर र माता गङ्गादेवीको पुत्रका रूपमा जन्मेका हुन्। उनका पिता तत्कालीन मिथिलाका राजा शिवसिंहको दरबारका राजपण्डित थिए।