सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।
तिलागुफा नगरपालिका–६, जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालय र वडा नम्बर ९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालय भवनको अवस्था जीर्ण छ । सत्यदेवी माध्यमिक विद्यालयको आन्तरिक स्रोत धेरै छ । छ हजार वर्गमिटरभन्दा धेरै क्षेत्रफलमा विद्यालय फैलिएको छ । स्याउको राम्रो उत्पादन क्षेत्र भएकाले घेराबार गरेर स्याउ रोपेमा वार्षिक रूपमा राम्रो उत्पादन गर्न सकिने विद्यालयका शिक्षक नै बताउँछन् । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले विद्यालयको सम्पत्ति संरक्षणमा विद्यालय व्यवस्थापन समितिको चासो नहुनु, प्रशासनलाई अधिकार नदिनु र विद्यालयकेन्द्रित योजना कटौती
इजरायलमा मारिएका लेकम गाउँपालिका–५, टकनाका दिपेशराज विष्ट र मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका लोकेन्द्रसिंह धामीका अनगिन्ती सपनाहरू इजरायलमा विलय भए पनि भौतिक शरीरको भने महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । हमास समूहको आक्रमणमा परी मारिएका विष्ट र धामीको शव इजरायलबाट नेपाल ल्याई गत सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । दिपेशको कञ्चनपुरस्थित महाकाली नदीमा र लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो । मृतक विष्ट र धामीको धार्मिक परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट दुवै जनाको शव काठमाडौँबाट गाउँसम्म ल्याइएको थियो ।
सुदूरपश्चिम प्रदेश सभा विभिन्न समितिको सभापति चयन गर्न नसक्दा विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको छ । नेतृत्वकर्ता नै नभएका कारण ती समितिहरूले आवश्यकता अनुसार काम गर्न सकेका छैनन् । प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् तर दुई वटा थपेर छ समिति बनाउने गृहकार्य पनि भइरहेको छ । छ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच सहमति जुट्न सकेको छैन । समितिका सभापति नहुँदा काम गर्न समस्या भइरहेको सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । “समितिका सभापति चयन गर्न ढिलो भइरहेको छ,” उहाँले भन्नुभयो, “सभापति नहुँदा समितिहरूलाई नियमित काम गर्न तथा निर्देशन दिन समस्या भइरहेको छ ।”
राजनीतिभन्दा देश माथि हुन्छ । राजनीतिको ध्येय देश र जनताको समृद्धि हो, हुनु पर्छ । व्यक्तिगत, पारिवारिक सुखसयल पनि मुलुकको समृद्धिबिना अर्थहीन र अस्थिर हुन्छ । मुलुकको समृद्धि प्राप्तिका लागि जनअधिकारको सुनिश्चितता चाहिन्छ । जनअधिकारको सुनिश्चितासहित स्वतन्त्रताले शासकदेखि सर्वसाधारण नागरिकसम्मलाई मुलुकको समृद्धि लक्ष्यमा हातेमालो प्रवर्धन गर्छ । मुलुकका लागि राजनीतिक सीमा तोडेर हातेमालोको संस्कृति विकास गर्ने चाहमा राजनेता बिपी कोइरालाले विक्रम संवत् २०३४ देखि राजनीतिमा चियापान संस्कृति प्रारम्भ गर्नुभएको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले लडेर ल्याएको प्रजातन्त्र २०१७ मा राजाले खोसेपछि भारत निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका सभापति बिपी कोइरालाले २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्न थाल्नुभएको चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले परम्परा बनाएको छ । यस पटक पनि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित चियापानमा सहभागिता उदाहरणीय देखियो । अलग पार्टीका स्वाभाविक विपक्षीसमेत सम्मुख भए, शुभकामना आदानप्रदान गरे । त्यही परिवर्तनका संवाहक पुराना र ठूला पार्टीका नेतृत्वतर्फबाट सन्तोषप्रद कुरो आयो– हामीमाथि उठाउन प्रयास गरिएका प्रश्नको उचित जवाफ दिने छौँ । छिमेकी भारत र चीनमा जस्तो साम्राज्यवादी बुटधारी अनि घरेलु सामन्तवादविरुद्ध कठोर लडाइँ गर्नु नपरे पनि सँगसँगै कठोर जहानियाँ शासनविरुद्ध लडेर सँगसँगैजस्तो आधुनिक विकासको चरणमा पुगेका थिए नेपाली जनता । नेपालबाट अन्न लगेर खानुपर्ने ती दुई छिमेकी आज अन्तरीक्ष यात्राको होडमा छन्, नेपाली हामी तिनले खाद्यवस्तु, लत्ताकपडा नपठाए भोकै, नाङ्गै बस्नुपर्ने, स्थल तथा हवाईमार्ग नदिए थुनिनुपर्ने अवस्थामा छौँ । हिजो ती देशलाई विश्व पहिचान दिलाउन सकेको स्वतन्त्र, स्वाधीन, स्वाभिमानी मुलुक आज विश्व रङ्गमञ्चको त्यो हैसियतमा कमजोर दृष्टिगोचर हुँदै छ । यो स्खलनको कारक के हो ? प्रजातन्त्र खोसेको शाही शासकीय पञ्चायती राजतन्त्र मात्र होइन, २०४६ को जनआन्दोलन अनि २०६२/६३ को संयुक्त जनआन्दोलनपछि राजनीतिक दलहरूबाट सञ्चालित सत्ता पनि प्रश्नको घेरामा छ । त्यसैले निराश जनताले पछिल्लो संसदीय निर्वाचनमा परिवर्तनकारी दललाई ‘पुराना’ भनाउनुपर्ने गरी नयाँ दल उदाएका छन्, जिलौटाजस्तै । जिलौटो प्राण शून्यप्रायः हुन्छ । तर ती ड्ढ्ने क्रममा हुरी आए डढेलो फैलिन सक्छ । यस्तै नयाँ दलले २०८४ को चुनावमा परिवर्तनका संवाहक पुराना दललाई सखाप पारिदिने चेतावनी दिन तम्सिनु पाठापाठीको बुर्कुसीजस्तै त होला तर अब पनि जिम्मेवार राजनीतिक दलहरूले मेरै सिङ ठूला भन्ने दम्भ राख्ने हो भने नरहे बाँस नबजे बाँसुरी भन्ने आहान चरितार्थ हुन बेर लाग्दैन । प्राथमिकता राष्ट्र र नागरिकप्रतिको गम्भीर जिम्मेवारी हो । हो, त्यस्तो नहोस् भन्ने मनसुवा थियो बिपी कोइरालामा । राजनीतिक परिवेश र सन्दर्भ फरक छन् तर सार एउटै छ– नागरिक सर्वोच्चता र स्वतन्त्रतासहितको लोकतन्त्र अनि मुलुकको स्वाधीनता रक्षा । हिजो निर्दलीय निरङ्कुशता र त्यसको आडमा मुलुकको स्वाधीनता हडपिने खतरा, आज लोकतन्त्रको लाभ अनि जिम्मेवार राजनीतिक शक्तिहरूको लाचारीको फाइदा उठाई जिलौटा सल्काइदिएर डढेलो लगाइदिने खतरा । नेपालको जैविक प्रणाली नै ध्वस्त पारिदिने डढेलोको गुञ्जायसै समाप्त पार्न पनि सबै नेपालीबिच मेलमिलाप आवश्यक छ । अर्थतन्त्र उँभो लगाउन पनि ढिला गर्नुहुन्न । राजनीतिक दलहरू प्रतिबन्धित रहेको निरङ्कुश परिवेशमा सांस्कृतिक परम्परा सदुपयोग गरी चियापान कार्यक्रम आयोजना गर्नुको गूढार्थ थियो मुलुकको स्वाधीनता । बिपी कोइरालाले चाहेका भए भारतमै शासकीय मेजमानी खाएर बसी नेपालको राजतन्त्रलाई प्रजातान्त्रिक लेपन लगाउन सक्नुहुन्थ्यो । तर उहाँले जोखिम मोल्नुभयो । फाँसीको खतरा भए पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापका नीति लिएर स्वदेश आउनुभयो । मेरो घाँटी पनि राजासँगै जोडिएको छ भन्दै हामी नेपाली विभाजित छैनौँ, हुन्नौँ भन्ने स्वाभिमान प्रदर्शन गर्नुभयो । त्यो राष्ट्रिय स्वाभिमान अजेय, अभेद्य हुनु पर्छ । अहिले मुलुकले समृद्धिका लागि अख्तियार गरेको राजनीतिक प्रणाली, यसका संस्थापक राजनीतिक दलहरू अनि राज्य संस्था, निकायप्रति संशय विस्तारका प्रयत्न भइरहेका छन् । सोझो राजनीतिक बुझाइमा यो संशय जायज देखिए
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
चाडपर्व सुरु हुनासाथ बजार अनुगमनले तीव्रता पाउँछ । जीवनयापनका क्रममा हरेक व्यक्ति हरेक दिन उपभोक्ता बन्न बाध्य हुन्छ । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । उपभोक्ता अधिकार अधिकारहरूको पनि मूल अधिकार हो । नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकका रूपमा राखिएको छ, जसमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने छ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भनेर पनि उल्लेख गरिएको छ ।
सबैभन्दा ठुलो पर्व बडादसैँ सकिएको छ । तिहारको तर्खर अब बिस्तारै हुन्छ, हुँदै छ । नेपाल संवत्, छठसमेत पर्वकै रूपमा मनाइन्छ । यी चाडपर्वको सांस्कृतिक महत्व त छँदै छ, देशको अर्थतन्त्र चलायमान बनाउन चाडपर्वको ठुलो योगदान रहने गर्छ । विगतमा ठुलो योगदान रहने गरेको थियो । तर आमबुझाइमा यो वर्ष बडादसैँले पनि अर्थतन्त्र व्यापक चलायमान बनाउन सकेन । देश आर्थिक मन्दीको चपेटामा परेको बडादसैँको आर्थिक निराशाले पनि देखाएको छ । दसैँलगायतको चाडपर्वले यो
बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
विकास एउटा यस्तो शब्द निर्माण भएको छ, जुन शब्द सबैलाई मन परेको हुन्छ । अल्पविकसित, विकासोन्मुख तथा विकसित जुनसुकै देशका जनता यसबारे जानकार भएकै छन् । विकासका लागि व्यक्ति, सङ्घ संस्था, राज्य र अन्तर्राष्ट्रिय समुदायसमेत परेका छन् । विभिन्न देशले विकासका लागि भिन्नभिन्न मोडलको विकास गरेका पनि छन् । अहिले विश्वमा देखिएको प्रमुख समस्या भनेकै विकास नहुनु हो । जहाँ शिक्षा, स्वास्थ्य, आवास, पानी, खाद्यान्न, लत्ताकपडा, रोजगारीजस्ता क्षेत्रको अभाव हुन्छ, त्यहाँ गरिबी रहेको हुन्छ ।
पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ ।
दसैँतिहारको समयमा मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । खुलेको मौसम र दसैँतिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि यो क्षेत्र पहिलो रोजाइमा पर्न थालेको छ । दसैँमा गाउँ जानुको सट्टा आम्दानी हुने भएकाले पथप्रदर्शक युवाको रोजाइमा पर्यटन क्षेत्र परेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो । पार्टी सचिव लीलामणि पोखरेलले गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको बताउनुभयो ।
जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।