• २५ असार २०८१, मङ्गलबार

महासचिव गुटेरेसलाई ललितपुरमा नेवारी परम्परा अनुसार स्वागत

blog

महासचिव एन्टोनियो गुटेरेसलाई पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, कात्तिक १३ गते । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।

सोमबार दिउँसो संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी महासचिव गुटेरेस पुलचोक पुग्नुभएको हो । उहाँलाई नेपाली वेषभूषामा सजिएका बालबालिकाहरूले स्वागत गर्नुभएको थियो भने नेवारी परम्परा अनुसार सगुन दिइएको थियो ।


यसैगरी, उहाँले संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षारोपण समेत गर्नुभएको छ । राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी हुनुहुन्छ ।