सांसद प्रेम सुवालले बैङ्क तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले बैङ्क तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिनुभएको हो ।
पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।
पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रूपमा रहेको नेपालगञ्जमा क्रिकेट खेलको गतिविधि ओरालो लाग्दै गएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी दिनुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सो बारे जानकारी दिनुभएको हो ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता सुरु भएको छ ।
मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर आन्तरिक पर्यटकले भरिभराउ भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा यतिखेर पर्यटकको घुइँचो लागेको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो ।
उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।
मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रा.लि.ले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।
दसैँ–तिहारको समय मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दैगएको छ । खुलेको मौसम र दसैँ–तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा यो क्षेत्र पर्न गएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो ।