• २५ असार २०८१, मङ्गलबार

उपप्रधानमन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबिच भेटवार्ता

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबिच भेटवार्ता सुरु भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गर्नुभयो । आज (आइतबार) परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुग्नुभएको हो ।

उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नुहुनेछ ।


यो पनि पढ्नुहोस

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन आउनुहुँदै

राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा