• ३० वैशाख २०८३, बुधबार

सरकारको नीति तथा कार्यक्रममाथि छलफल (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाको बैठकमा सहभागी सांसदहरू । फाइल तस्बिर

काठमाडौँ, वैशाख ३० गते ।  प्रतिनिधिसभाको बैठक भर्खरै सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाल अर्यालको अध्यक्षतामा बसेको बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । 

सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । 

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।