वैदेशिक रोजगारीबाट स्वदेश फर्केका सुनसरीका एक युवकले चार वर्षदेखि आफ्नै घरमा च्याउ खेती थालेका छन् । विदेशमा छोटो समयको काम पाइने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्केका वराहक्षेत्र नगरपालिका–११, मधुवनका रोशन गुप्ताले घरमै च्याउ खेती थाल्नुभएको हो ।
पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पु¥याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन्। गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ। ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।
बर्दीबासस्थित जिल्ला ट्राफिकले चाडपर्वलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । यस व्रmममा ट्राफिक कार्यालयले यात्रुको सर्वाधिक चाप हुने बर्दीबास, गौशाला रोड तथा जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको छ । अभियान अन्तर्गत सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ९४४ सवारीमाथि कारबाही गरी २४ लाख ७५ हजार रुपियाँ राजस्व असुल गरेको जिल्ला ट्राफिक बर्दीबासले जनाएको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको बेनी नगरपालिका–२, खबरा क्षेत्रका तीन सय घरधुरी पिउने पानीको अभावमा सधैँ काकाकुल जस्तै बन्ने गरेका छन् । सदरमुकाम बेनीसँगै जोडिएको वडा नं. २ को खबरा क्षेत्रमा पानीको व्यवस्थित स्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकोमध्ये बागमती प्रदेशको एक करोड रुपियाँभन्दा बढी लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अनुगमन समिति संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसूति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगबाट निर्माण गरिएका यस्ता गृहबाट अझै सेवा सुचारु हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–१ र २ अम्कोट र बह्मतोलाको बिच पाल्नेढोरमा निर्माण गरिएको प्रसू्ति गृहबाट सेवा नियमित नहुँदा सुत्केरी गराउँन समस्या हुने गरेको बह्मतोलाका स्थानीय महिला जाल्पादेवी थापाले बताउनुभयो ।
तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो ।
विश्व शान्ति र भाइचाराका पक्षमा क्रियाशील विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई आज आइतबार नेपालले स्वागत गर्दै छ । महासचिव गुटेर्रेसले चार दिन शान्तिप्रेरक गौतम बुद्धको जन्मभूमिको भ्रमण गर्दै हुनुहुन्छ । विश्वका विभिन्न देश आपसी द्वन्द्व, कलह र युद्धमा फसिरहेका बेला महासचिव गुटेर्रेस घरेलु द्वन्द्वलाई मौलिक ढङ्गले शान्तिमा परिणत गरिरहेको नेपालको भ्रमणमा लालायित रहनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाँदा दिनुभएको निमन्त्रणा स्वीकार गरेर महासचिव गुटेर्रेस यसअघि नै यो भ्रमणमा आउने कार्यक्रम थियो तर प्यालेस्टिनी स्लामिक
पछिल्लो समयमा भूमण्डलीकरण, उदारीकरण, बजारीकरण र राष्ट्रिय अर्थतन्त्रको निरन्तर संरचनात्मक रूपान्तरणले एकातिर निजी क्षेत्रको विस्तारमा टेवा दिएको छ भने अर्कोतिर सार्वजनिक संस्थानको विघटन वा विनिवेशलगायत सार्वजनिक क्षेत्रको आकार घटाउँदै गएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य इन्जिनका रूपमा काम गर्न थप ठाउँ दिने र अङ्कुशले सार्वजनिक उद्यम सञ्चालनको आकार घटाएर, लागत बचत र राजस्व आर्जन गर्ने गरी दुई वटा मुख्य उद्देश्य पूरा गर्न यी पहल
महिलाले नेतृत्व गरेको सहकारीले दसैँको मुखमा दुई करोड बढीका खसीबोका बिक्री गरेका छन् । महिलाले नेतृत्व गरेको जिल्लाका चार वटा सहकारीहरूले दसैँको मुखमा दुई करोड १० लाख रुपियाँको खसिबोका र माउ बिक्री गरेका हुन् ।
मानिसलाई वास्तविक रूपमा मानिस भएर बाँच्न पाउने अधिकार नै मानव अधिकार हो । यसमा स्वतन्त्रता, समानता, प्रतिष्ठा र मर्यादा गाँसिएको हुन्छ । आजभोलि विश्वव्यापी रूपमा मानव अधिकारको पक्षमा लहर आएको छ । यसलाई विश्वव्यापी रूपमा नै सबैले सम्मानसमेत गर्ने गरिन्छ । नेपालले पनि संयुक्त राष्ट्रसङ्घको सदस्य भएपश्चात् मानव अधिकारको सम्मान, संरक्षण र संवर्धनमा निरन्तर अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाउँदै आएको छ । नेपाल मानव अधिकारसम्बन्धी मुख्य दस्ताबेज एवं छ मुख्य महासन्धिलगायत २२ वटा मानव अधिकारसम्बन्धी दस्ताबेजहरूको अनुमोदन एवं सम्मेलन गरी पक्षराष्ट्र बनिसकेको अवस्था छ ।
इतिहासलाई नियाल्दा मान्छेकै निरन्तर श्रममा समाजको रचना भएको देखिन्छ । यसकारण मानिसद्वारा गरिने सबैखाले श्रमको उपज नै आजको विकसित र प्रविधिमैत्री समाज हो । वस्तुतः मानिस सामाजिक प्राणी हो । समग्र मानवीय क्रियाकलापको सङ्केन्द्रण नै समाज हो । समाज समग्र हो भने मान्छे अंश हो । यही अंश अंशह
वित्तीय कारोबार आफैँमा आर्थिक प्रकृतिको कारोबार हो जसमा बचत, लगानी, ब्याजदर तथा प्रतिफलका साथै वित्तीय सुरक्षालाई समेत जोडेर हेर्ने गरिन्छ तर संस्थाको स्थापना गरेपछि कारोबारको साथसाथै त्यसको सामाजिक जिम्मेवारी तथा उत्तरदायित्वको सवाल पनि जोडिने गर्दछ जुन सामाजिक उत्तरदायित्व हो । एकातिर नेपालमा सहकारी संस्थाले ठगी गर्ने र भाग्ने प्रवृत्ति बढेसँगै जनताले सहकारीमा बचत गर्ने क्रम घटेको छ भने बैङ्कहरूमा समेत यसको प्रभाव देखिन
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । अठार वर्षअघि सात अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ ।
जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको बताइन्छ । निर्माण भइरहेका बेला गोरखापत्रसहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो ।