महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीवाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
सिमकोट गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हुम्लाबाट सङ्घीय संसदमा प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुुल लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
जुम्ला जिल्लाको गौतम बाडा (बायाँ) बीचमा तिलाकर्णाली नदी दायाँतर्फ धौलापानी जर्मीलिताकोट लगायतका बस्ती
हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय सङ्क्रमित देखिएका छन् ।
हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे ।
गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी परेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा सम्पन्न सावादिन च्यालेन्ज कप फुटबलको उपाधि मानाभरा खेलकुद समाजले जितेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
पाल्पाको श्रीनगर र रानीमहलमा नयाँ वर्षको पहिलो दिनमा १३ हजार बढी आन्तरिक पर्यटक भित्रिएका छन् । पाल्पाको पर्यटकीयस्थल मध्येको पर्यटकको रोजाइमा पर्ने यी दुई स्थलको रानीमहलमा आठ हजार बढी पर्यटक र श्रीनगरमा पाँच हजार बढी पर्यटक भित्रिएको तानसेन नगरपालीकाले जनाएको छ ।
उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।