लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीररकेटरमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफुहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो ।
कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ ।
जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।
महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत लुम्बिनी आउनुहुने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा. लामाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलहरुको अनुगमन गरिएको थियो ।
बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।
तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो ।
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरुको अनशन १५ बित्दा पनि टुङ्गिएको छैन ।
पोखरा महानगरका विभिन्न क्षेत्रमा खाद्यान्न, फलफूल र तरकारी खेती हुन्छ । स्थानीय उत्पादन बिक्री गर्न समस्या नभए पनि बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरु विस्थापित हुँदै गएका थिए ।
विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो ।