• १ जेठ २०८२, बिहिबार

जुवा खेलिरहेका सात पक्राउ

blog

रेखीराम राना

पाल्पा, कात्तिक ११ गते । जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४२५ रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।