• १३ साउन २०८१, आइतबार

चिनियाँ सामग्री प्रयोग गरेर हिल्साको सडक ढलान

blog

सीमा क्षेत्र हिल्साको दश गजामा ढलानका लागि ढुङ्गा र सरिया बिछ्याउने कार्य हुँदै । तस्बिर: राजन रावत

हुम्ला, कात्तिक ११ गते । नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो । सहरी विकास कार्यालय जुम्लाको ३२ लाख लगानी र स्थानीय जनश्रमदानबाट ढलान सुरु गरिएको हो । 

चिनियाँ सडक कालो पत्रे तर नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो । धुलाम्मे सडकमा सामन फालिने भएको कारण सुरक्षाकर्मीहरूलाई पनि सामन चेकजाँच गर्न कठिन अवस्था थियो । ३५ मिटर लम्बाई र बिस मिटर चौडा सडकलाई ढलान कार्य सुरु भएको सहरी विकास कार्यालय जुम्लाका सब-इन्जिनियर विमल रावतले बताउनुभयो । 

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य गरी रहनुभएको छ भने एक दुई दिनमा ढलान कार्य सुरु हुने सडकको ढलान कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताउनुभयो । 

Author

राजन रावत