• ३० वैशाख २०८३, बुधबार

एसईई नतिजा : जाजरकोटमा उत्तीर्णभन्दा ‘नन ग्रेड’ बढी

blog

कुलबहादुर शाही 
जाजरकोट, वैशाख ३० गते ।
जिल्लामा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार ६९ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका अनुसार जिल्लाका सातवटै स्थानीय तहबाट सहभागी ४ हजार ५ सय ३८ परीक्षार्थीमध्ये ४५ दशमलव ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

प्राप्त नतिजा अनुसार १.१६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ५ रहेको छ भने २ देखि २.४० जिपिए ल्याउने ९४ जना रहेका छन्। यस्तै २.४० देखि २.८० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी एक हजार ४४ रहेको छ।

त्यसैगरी २.८० देखि ३।२० जिपिए ल्याउने ७७४ जना, ३.२० देखि ३.६० जिपिए ल्याउने १२१ जना तथा ३.६० देखि ४ जिपिए ल्याउने ३१ जना विद्यार्थी रहेका छन्। यस वर्ष जाजरकोटमा २ हजार ४ सय ६९ जना विद्यार्थी नन ग्रेड (एनजी) भएका छन्।