गौशाला नगरपालिकाले नगर क्षेत्रको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी भूउपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण गरेको जनाएको हो । योसँगै जग्गा वर्गीकरण सम्पन्न गर्ने गौशाला मधेश प्रदेशकै दोस्रो नगरपालिका भएको जनाइएको छ । यसअघि बर्दिबासले यो कार्य सम्पन्न गरेको थियो ।
केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ । विशेष गरी पूर्व–पश्चिम राजमार्ग दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दीलगायत स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।
कृषि क्षेत्रमा देखिएका समस्यालाई नवीन प्रविधिको माध्यमबाट समाधान खोज्न सरोकारवालाले जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन र सीडीएफको संयुक्त आयोजनामा बुधबार भएको ‘एग्रोटेक सिम्पोजियम’ विषयक कार्यक्रममा उहाँहरूले सो कुरामा जोड दिनुभएको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कृषि उत्पादनदेखि सेवासम्ममा डिजिटलाइजेसनले निकै प्रभाव पारेको बताउनुभयो । यसले उत्पादन र बजारसम्म पहुँच पु¥याएको बताउँदै उहाँले नेपालमा कृषि उत्पादन कम भइरहेको बताउनुभयो । वार्षिक तीन खर्बभन्दा बढीको खाद्यवस्तु आयात भइरहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाल इम्पोटर मात्र भएको छ, चाहेकोजति उत्पादन गर्दैन ।”
पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब जानु भएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ र महिला उद्यमी समिति मोरङको २०औँ साधारण सभामा बोल्दै उहाँले उत्पादित वस्तुको बजार प्रवद्र्धनमा सरकारले लगानी गर्ने बताउनुभएको हो ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ छ। नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल उडान गर्ने व्यवस्था गरेकाले अहिले मन्थली विमानस्थल बिहानैदेखि पर्यटकले खचाखच हुने गरेको हो। मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरले नियमित उडान गरिरहेका छन्।
कैलालीको गोदावरी नगरपालिकास्थित माला खेती अस्पतालमा सुत्केरी र नवजात शिशु मृत्यु प्रकरणका पीडित परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
कोरोना भाइरस, डेङ्गुलगायतका महामारीजन्य रोगको प्रकोप बढ्न थालेपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेका होटल तथा रिसोर्टले स्वास्थ्य सतर्कता अपनाउने भएका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड अनुगमन तथा व्यवस्थापन समितिको बैठकले धुलिखेलमा रहेका होटलमा स्वास्थ्य सतर्कता अपनाउने र विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको हो।
नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ । लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।
उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।
नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत १५ लाखभन्दा बढी मात्रा कोरोनाविरुद्धको फाइजर खोप प्रदान गरिएको छ । नेपालका लागि युरोपेली सङ्घका राजदूत नोडा डेप्रेजले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त खोप हस्तान्तरण गर्नुभयो ।
अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’को टिजर रिलिज भएको छ। सबिन अधिकारीले निर्देशन गर्नुभएको चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेललगायतको अभिनय रहेको छ।
प्राध्यापक तथा सहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’द्वारा लिखित समय र जीवन नामक निबन्धसङ्ग्रह सार्वजनिक भएको छ। मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको कार्यक्रममा भाषा आयोगका सदस्य उषा हमाल, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति शिवहरि मरहट्ठा, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पुस्तकबारे समीक्षा गर्नुभयो। निबन्धसङ्ग्रहमा १४ वटा निजात्मक र विचारप्रधान निबन्ध सङ्ग्रहित छन्। निबन्धमार्फत समाजमा विद्यमान सामाजिक, आर्थिक र राजनीतिक विकृति, बढ्दो विलासिताप्रति चोटिलो व्यङ्ग्य गरिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित परिवारलाई समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृहमन्त्री श्रेष्ठबीच बुधबार गृह मन्त्रालयमा भएको वार्ताक्रममा उहाँले पीडितलाई ढुक्क हुन आग्रह गर्नुभएको हो। वार्ता पुनः बिहीबार बैठक बस्ने गरी टुङ्गिएको छ।
प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएको छोटो अवधिदेखि नै गणपूरक सङ्ख्या (कोरम)मा प्रश्न उठ्न थालेको छ। तीन महिनामा बुधबार दोस्रो पटक गणपूरक सङ्ख्या अपुग भएर सदनले नियमित कार्यसूची पूरा गर्न सकेन। सुरक्षण मुद्रणसम्बन्धी विधेयकको दफावार छलफललाई निर्णयार्थ पेस गर्नुअघि नै गणपूरक यकिनको प्रश्न उठेको थियो। यसअघि प्रतिनिधि सभाको १२औँ बैठक पनि गणपूरक नपुगेर प्रभावित भएको थियो। तीन महिनाको अवधिमा दोस्रो पटक प्रतिनिधि सभाले कार्यसूची पूरा गर्न नसकेको हो।