सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् ।
दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ ।
मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो ।
फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् ।
मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।
सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
बाँकेमा वर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा संकटमा परेको छ ।
भक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् ।
मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अघिल्ला पुस्ताको दैनिक जीवनलाई सहज बनाउने घरेलु मेसिन कोल लोप भएको छ । दुई तीन दशकअघिसम्म यहाँका मानिसहरूको दैनिक जीवनमा प्रयोगमा आउने तोरी पेल्ने घरेलु मेसिन कोल्ह लोप भएको हो ।
नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए ।
वालिङका युवाहरुले स्वतःस्फूर्त रुपमा बृद्धबृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न मातापिता प्रष्ठिान गठन गरेका छन् ।पछिल्लो समय युवा तथा बालकालिकाहरु मेवाइल, ल्यापटपजस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धाहरु एक्लै परिरहेको भन्दै युवाहहरुको सक्रियतामा प्रतिष्ठान खालिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएाक उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज (बुधबार) स्वदेश फर्कनु भएको हो ।
चाडपर्वको समयमा सबैजनाले आ–आफ्ना आफन्तहरुसँग बसेर रमाइलो गरेर पर्व मनाउने गर्दछन् । अझ दसैंमा त झनै टाढा टाढा रहेकाहरु आफन्त खोज्दै एकाठाउँमा भेला भएर एकआपसमा खुसी साटासाट गरेर विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।