नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा पदका लागि बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा हुनुहुन्छ । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उहाँ गृहजिल्ला बाँके पुग्नुभएकाे हाे ।
तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए। ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन्।
नेकपा एमाले बागलुङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ ।
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । नेकपा (एमाले) बाट रबिन्द्रराज शर्मा, सत्ता गठबन्धनका उम्मेदवार अम्मरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुनेभएको हो ।
बाँकेको कोहलपुर–१३ मा पतिपत्नि रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ४–३ गोलले हरायो ।
गुल्मीमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारी २०६४ सालदेखि प्रतिनिधि सभाको निर्वाचनमा निरन्तर प्रतिस्पर्धामा रहनुभएको छ ।
वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।
धनकुटा नगरपालिका मुलघाटस्थित तमोर पुलबाट खसेर आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मुत्यु हुनेमा मुलघाटका करिब ६५ वर्षीय छत्रमुखी साङपाङ रहेको प्रहरीले जनाएको छ ।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजन लिग खेल्ने मौका पाउनुभएको छ ।
सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरुको भनाइ छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली लिभरपुललाई लिड्स युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भयो ।
बंगलादेशदले अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा जिम्बावेमाथि रोचक जित निकालेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा बंगलादेशले जिब्बावेलाई तीन रनले हरायो ।