दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले दसैंको बेला बिक्री हुन नसकेको किसानको फूल खरिद गरेर प्रोत्साहित गरेको छ ।
सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडा दसैंको दिन शुभसाइतमा मंगलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
नेपालगञ्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलीला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।
बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो ।
नेपालले एसिसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।
हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँमा टिमुर फलेको छ । तीन वर्ष अगाडि बझाङ जिल्लाबाट ल्याएर लगाएको टिमुरको बोट लटरम्मै फलेको हो ।
विजयादशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
चितवनको भरतपुर महानगरपालिका –१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको उहाँहरुको भनाइ छ । तस्विरः कृष्ण आचार्य, रासस
भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।
दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।
यही कात्तिक ११ गतेबाट जिल्ला स्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रानीबन युवा क्लवको आयोजनामा उक्त गोल्ड कप पहिलो पटक सञ्चालन हुन लागेको हो ।