पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।
बडाको दसैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।
विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हान्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा [दमाहाबाजा] बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।
गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय
विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हन्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्ने परम्परा रहिआएको थियो ।
भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।
चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँको टीका लगाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले खेलाडीको प्रसंशा गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ ।
विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । मंगलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाइ टीका लगाइदिनुभएको हो ।
जलेश्वर नगरपालिका-१ स्थित बरूण सरोवरमा भजन किर्तन सहित धार्मिक जलविहार गर्दै भक्तजनहरु ।
बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिनुभएको छ ।