देशको अर्थतन्त्र श्रीलङ्काजस्तै टाट उल्टने अवस्थामा पुग्ने त होइन भन्ने आशङ्का अब चिरिएको छ । मुलुकको अर्थतन्त्रका बाह्य सूचक निकै सुध्रिएको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ताजा तथ्याङ्कले देखाएको छ । योसँगै राजधानीमा नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारण सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्र केही दबाबमा रहे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै निजी क्षेत्रको मनोबल जुरुक्कै उठाइदिनुभयो । अर्थतन्त्रमा देखिएको केही सुधारकै परिणामस्वरूप बैङ्कको ब्याजदर घट्दो क्रममा छ ।
लोकतन्त्र र विकासको अन्तरसम्बन्धका बारेमा हालैका दिनमा व्यापक बहस हुन थालेको छ । अधिकांश देशको विश्लेषणबाट थाहा लागेको छ कि विकाससँग लोकतन्त्रको प्रत्यक्ष सम्बन्ध नभए पनि देशको विविधतालाई ध्यानमा राखेर केही अनुसन्धानकर्ताले लोकतन्त्रले विकासको गतिलाई सकारात्मक प्रभाव पार्ने देखाएका छन् र चुनावलाई लोकतन्त्रको मुख्य संस्थागत संरचना भनेका छन् ।
महिलाले पुरुषसरह मानवाधिकार प्राप्त गर्न विश्वव्यापी आन्दोलन सुरु गरेको ११३ वर्ष नाघेछ । मानवका रूपमा कानुन, समाज र परिवारले पुरुषलाई जुन अधिकार दिएको छ, सो पाउन विश्वभरका महिला आज पनि आन्दोलनरत छन् । युरोप, अमेरिकालगायतका केही मुलुकमा मात्र महिला अधिकारको अवस्था सुधारोन्मुख देखिन्छ भने अधिकांश मुलुकका महिला आज पनि असाध्य रोग, भोक र शोकले ग्रस्त छन् । लैङ्गिक असमानता हटाउन विश्वभरका महिलाले आफ्नो अमूल्य समय एक शताब्दी लामो आन्दोलनमा खर्चिइसके पनि तिनको मानवीय हक, हैसियत र हाबी पुरुषका तुलनामा धेरै कम छ ।
स्वास्थ्य सेवा उपभोगको खर्चलाई परिवारले धान्न सक्ने अवस्था एवं उपचारका क्रममा वञ्चित हुन नपरोस् भनी आर्थिक जोखिम न्यूनीकरण गर्ने प्रक्रिया स्वास्थ्य बिमा हो । जुन पहिले नै निश्चित आर्थिक योगदानमार्फत जोखिम व्यवस्थापन गर्ने पवित्र सामाजिक दायित्वका साथ सञ्चालनमा आएको हो । स्वास्थ्य बिमा कार्यक्रम आमनागरिकबीच चासोको विषय बन्दै आइरहेको छ । यसलाई अधिकांश राजनीतिक दलको घोषणापत्रमा समेत प्राथमिकता दिइएको पाइन्छ । गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित र आर्थिक जोखिम न्यूनीकरण गर्ने यसको मुख्य उद्देश्य हो ।
नेपालमा विभिन्न खालको रोग बढ्दै गइरहेको यथार्थ हामीसँग ज्वलन्त छ । अव्यवस्थित सहरीकरण, स्वास्थ्य सावधानीमा कमी तथा मौसम परिवर्तनका कारण डेङ्गु, औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिन प्रतिदिन बढ्दै र प्रकोपको रूप लिदैँछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महìवपूर्ण रहन्छ, जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनुपर्छ । यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यति प्रभावकारी रूपमा अघि बढेको देखिँदैन । सीमित रूपमा औलो नियन्त्रण, हात्तीपाइले अभियानमा यसको संलग्नता देखिए पनि नेपालमा प्रकोप फैलिएपछि मात्र उपचार, निदान र कुरा उठ्ने नेपाली परम्परा छ । नियमित हुनुपर्ने अध्ययन अनुसन्धान, प्रकोपको पूर्वानुमान, अनुकूलन उपचार पद्धतिहरू निर्माण गर्न उपेक्षित र प्रशासनिक चपेटाका कारण कम जनशक्ति, दक्ष जनशक्तिको अभाव, न्यून अध्ययन अनुसन्धानका भरमा चलिरहेको देखिन्छ ।
नेपाल टेलिकमले तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न अफर सञ्चालनमा ल्याएको हो । कम्पनीले अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाएको छ । यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुनेछ ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । करिब १४ महिनादेखि प्रधानन्यायाधीश रिक्त भएपछि बारले यसअघि राष्ट्रपति, सभामुखलगायतलाई भेटेर नियुक्तिबारे ध्यानाकर्षण गराएको थियो । दस दिनभित्र नियुक्तिको प्रक्रिया सुरु गर्न बारले अल्टिमेटम दिएको हो ।
जलविद्युत उत्पादनका लागि सहज भौगोलिक अवस्था, काम गर्ने वातावरण, पहुँच मार्ग, लगानी सुरक्षण, जिल्लावासीको जलविद्युत्प्रतिको चेतना अभिवृद्धिका कारण समेतले दोलखा जलविद्युत् उत्पादनको राजधानी बन्दै गइरहेको छ ।
गौशाला नगरपालिकाले नगर क्षेत्रको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी भूउपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण गरेको जनाएको हो । योसँगै जग्गा वर्गीकरण सम्पन्न गर्ने गौशाला मधेश प्रदेशकै दोस्रो नगरपालिका भएको जनाइएको छ । यसअघि बर्दिबासले यो कार्य सम्पन्न गरेको थियो ।
केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ । विशेष गरी पूर्व–पश्चिम राजमार्ग दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दीलगायत स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।
कृषि क्षेत्रमा देखिएका समस्यालाई नवीन प्रविधिको माध्यमबाट समाधान खोज्न सरोकारवालाले जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन र सीडीएफको संयुक्त आयोजनामा बुधबार भएको ‘एग्रोटेक सिम्पोजियम’ विषयक कार्यक्रममा उहाँहरूले सो कुरामा जोड दिनुभएको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कृषि उत्पादनदेखि सेवासम्ममा डिजिटलाइजेसनले निकै प्रभाव पारेको बताउनुभयो । यसले उत्पादन र बजारसम्म पहुँच पु¥याएको बताउँदै उहाँले नेपालमा कृषि उत्पादन कम भइरहेको बताउनुभयो । वार्षिक तीन खर्बभन्दा बढीको खाद्यवस्तु आयात भइरहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाल इम्पोटर मात्र भएको छ, चाहेकोजति उत्पादन गर्दैन ।”
पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब जानु भएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ र महिला उद्यमी समिति मोरङको २०औँ साधारण सभामा बोल्दै उहाँले उत्पादित वस्तुको बजार प्रवद्र्धनमा सरकारले लगानी गर्ने बताउनुभएको हो ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ छ। नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल उडान गर्ने व्यवस्था गरेकाले अहिले मन्थली विमानस्थल बिहानैदेखि पर्यटकले खचाखच हुने गरेको हो। मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरले नियमित उडान गरिरहेका छन्।
कैलालीको गोदावरी नगरपालिकास्थित माला खेती अस्पतालमा सुत्केरी र नवजात शिशु मृत्यु प्रकरणका पीडित परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।