नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन्
पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ।
एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको छ ।
बागलुङ नगरपालिका–११, रायडाँडा रामतोलाका वीरबहादुर केसीको मन अत्तालिएको छ। गत असोजमा बस्तीमाथिबाट गएको पहिरोले दिएको पीडा आउँदो बर्खामा पनि दोहोरिने चिन्ताले उहाँलाई पिरोल्न थालेको हो। रामतोला क्षेत्रमा पहिरोको जोखिम कायमै भएको हुँदा बर्खा नलाग्दै स्थानीयलाई पहिरोको त्रासले सताउन थालेको छ। पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छोडेर जाऊँ अन्यत्र कतै ठाउँ छैन। घर वरपरको जमिन चर्केको छ। घर छेउको बारीमा चिरा परेको छ। पानी रोकिएपछि हिउँदमा जसोतसो सम्हालिएको मन अहिले आकाश
छ वर्षपहिला गोरेटो बाटो प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकामा सडक निर्माणले फड्को मारेको छ। जिल्लाको विकट पालिकामध्येको हरिनाशमा पाँचवटा सडक योजनामार्फत एकै पटक ३३.५ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । पालिकाको कार्यालय रहेको चुलीडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीव्रता पाएको हो। यहाँ मिर्दी–क्याक्मी–भिमाद खण्ड (राते पहाडदेखि चित्रे हुँदै गिरकोट) १० किमिमध्ये सात किमि र दुलेगौँडा हुँदै ढोरवाराही–जुगीफाँट–चिसापानी सडक १६ किमिमध्ये १३ किमि कालोपत्रे हुन लागेको हो। हरिनाशमा पर्ने सडक पूर्वाधार विकास कार्यालय स्याङ्जाले काम अगाडि बढाएको हो।
दाङको बङ्गलाचुली गाउँपालिका–४, कमिरेचौरमा रहेको ‘बङ्गलाचुली अस्पताल’ विगत सात महिनादेखि चिकित्सकविहीन बनेको छ। अस्पतालमा कार्यरत डा. वसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो। अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई स्वास्थ्य उपचारमा समस्या परेको छ।
लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या घट्दै गएको देखिएको छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। त्यसको १० वर्षपछि राष्ट्रिय जनगणना–२०७८ अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउरा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या करिब १८ प्रतिशतले घटेर ५३ दशमलव ६८ प्रतिशतमा झरेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ ।
दसवर्षे सशस्त्र द्वन्द्वको अन्त्य र विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। यद्यपि सशस्त्र द्वन्द्वका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका आफन्त उनीहरूको अवस्थाबारे सुनुवाइको प्रतीक्षामा छन्। द्वन्द्वमा परी घाइते र अङ्गभङ्ग भएकाले सरकार भएको अनुभूत गर्न पाएका छैनन्।
दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो।
बाजुराको बूढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीको घरनजिकै पहिरो गए पनि उहाँको परिवार जोखिम मोलेर त्यसै घरमा बस्न बाध्य छन्। २०७७ सालको अविरल वर्षाका कारण उहाँको घरको आँगनमै पहिरो पुगेको छ। पहिरोका कारण बास बस्नका लागि उपयुक्त छैन तर पनि अन्य कतै व्यवस्था नभएपछि नेपालीको परिवार त्यही घरमा बस्न बाध्य छ। दुई वर्षदेखि घर पहिरोको जोखिममा रहेको भए पनि बस्नका लागि सुरक्षित ठाउँ नभएपछि सोही घरमा बस्नुपरेको
सरकारका प्रतिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याउनुभएको छ ।