सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहनुभएको छ ।
नेपाल जुडो संघले विविध कार्यक्रम आयोजना गरी शनिबार विश्व जुडो दिवस मनाएको छ ।
सप्तरीबाट चुनावी मैदानमा उत्रिएका प्रायजसो उम्मेद्वारले कृषि क्षेत्रको विकास र अन्य विकासका मुद्दालाई आफ्नो चुनावी एजेण्डामा प्राथमिकतामा राखेका छन् ।
अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलंकामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले हरायो ।
लमजुङको सुन्दरबजार नगरपालिका –६ ठाँटीचौरस्थित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन तथा सञ्चालन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले गर्नेभएको छ ।
काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ ।
कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट यारीखण्डको यातायात सुचारु भएको छ । पहिरोले च्याछरा लगायतका क्षेत्रमा अबरुद्ध भएको सडक मर्मत गर्ने कार्य भएपछि यातायात सञ्चालनमा आएको हो ।
मोटरसाइकलमा सल बेरिँदा शनिबार तनहुँमा एक महिलाको बायाँ हात चुँडिएको छ । व्यास नगरपालिका –५ पतेती निवासी २९ वर्षीया रेणु थापाको हात चुँडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि कर्णाली प्रदेशले खेलाडी टोलीको घोषणा गरेको छ । कर्णालीले शनिबार रविन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा कार्यक्रममा आएका बेला बालबालिकाहरूको सेल्फी खिचाउने भिड लाग्नेगरेको छ ।
चाडपर्व आएपछि नाकाबाट तस्करी र अवैध आयात निर्यात वृद्धि हुनेगरेको छ । तिहार सुरु भएपछि भारतबाट विभिन्न मालसामानको तस्करी भएको स्थानीयको भनाइ छ ।
१५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका वडा नं १० रानाबाडामा ब्यवारिसे अवस्थामा भेटिएको बम विस्फोटनमा परी तिनीहरूको ज्यान गएको हो ।
नेपाली कांग्रेसले समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने लक्ष्य लिएको छ ।