गोरखापत्र अनलाइनकाडमाडौं, कात्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन आज नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८, ९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिने गरिन्छ । यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
दसैँको अवसरमा झिलिमिली बत्तीले सजाईएको जनकपुरधामस्थित राजदेवी मन्दिर वरपरका क्षेत्र
बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमास्तम्भको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
मोरङको कानेपोखरी –७ बरगाछीकी सरिता श्रेष्ठ, कविता तामाङ र कमला लिम्बू नवरात्रको नवौं दिन बिहानदेखि नै पूजापाठमा ब्यस्त रहनुभयो ।
‘हाम्रो गोल दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा जारी वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी शान्तिनगर फुटबल क्लब इटहरीले जितेको छ ।
दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।
जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।
कपिलबस्तुमा तीन सय २९ वटा दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा राखिएको छ । दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतीकको रुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रदर्शन गरिएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताउनुुभएको छ ।
तनहुँमा फैलिएको डेङ्गु नियन्त्रणमा नहुँदा बडादसैँको रौनकता बढ्न सकेको छैन ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।
बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताउनुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दुई महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् ।
बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।