ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर । हरेक वर्ष बडादसैँको समयमा भक्तजनको घुइँचो लाग्ने पाथीभरामा यो
पाल्पामा पुन अर्को जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।
पाँचथरको याङवरक गाउँपालिका – ४ को कालिका मन्दिर परिषरमा प्रत्येक वर्ष महानवमीका दिन प्रदर्शन गरिने कम्फु र जङ्गे निशानलाई पहिलो पटक नेपाली सेनाले सलामी अर्पण गरेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो ।
दसैंको खुशी साट्न ज्येष्ठ नागरिकलाई सम्मान तथा मातारानीको खोइछ भर्न एकल महिलालाई साडी वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा १५ का अति विपन्न, गरिब, असहाय तथा एकल महिलालाई साडी, मिठाई तथा दसैं ंखर्च वितरण गरी बडादसैको अवसरमा शुभकामना साटासाट गरिएको छ ।
बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसै, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
लुम्बिनी प्रदेशस्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० हुने भएको छ । खेलाडीको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा लम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिकामा प्रदेशस्तीय सेमिनार हुनेभएको हो ।
राजधानीमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाइने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख ३० हजार रुपियाँको बोलकबोल भएको छ ।
चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२.८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३.२२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ ।
सबैतिर दसैंको रमाइलो भइरहेको बेला कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँ भने शोकमा डुबेको छ ।
विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनकता बेग्लै बनाउनेगरेको छ ।
कात्तिक महिना लागेसँगै सदरमुकाम समेत रहेको सिमकोट बजारमा भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । किसानले बाली नाली भित्र्याएसँगै खेती लगाएको जग्गामा पशुबस्तु छोडिएपछि सिमकोट बजारमा ती कुकुरहरुको बिगबिगी बढेको हो ।
जिल्लााको विभिन्न स्थानमा धान पाकेर गह्रा तथा फाँटहरू फहेँलपुर बनेका छन् । गत असार र साउनमा किसानले रोपेका धान यतिबेला पाकेर फाँटहरू पहेँलपुर बनेका हुन् ।