धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।
बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धि रक्षाको लागि आफू लडाइँको मैदानमा उत्रेको बताउनुभएको छ ।
नेपालभाषा साहित्य पुरस्कार ‘करुणाकर सिरपाः’ मंगलबार साहित्यकार शान्तराज शाक्यलाई ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले प्रदान गर्नुभयो।
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलसँग सहमति गरेर मात्रै सरकारले विधेयक अघि बढाउने बताउनुभएको छ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा मंगलबारदेखि प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुनै अपराध नगरेको बताउनुभएको छ।
ताप्लेजुङस्थित प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले सरकारीता गैरसरकारीलगायत कार्यालयले आफ्नो बोर्ड, छाप र लेटरप्याडमा कोशी प्रदेश प्रयोग नगर्न आग्रह गरेको छ।
सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ ।