ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँको बिदामा पनि निरन्तर रहने भएको छ ।
पाल्पाको तानसेन –१३ रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका –१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहनुभएको छ ।
मोरङको बेलबारीमा जारी छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी विग्रेड ब्वाइज काठमाडौंले जितेको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल ।
जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
इटहरीमा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ खनारस्थित गणेश मन्दिरनजिकै विराटनगरबाट इटहरीतर्फ आउँदैगरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।
मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका-१ बगासोतीस्थित बाढी पूर्वानुमान शाखाका कर्मचारी राप्ती नदी केन्द्र नं ३५० को जल मापन गर्न तुइनमा चढेर राप्ती नदी पार गर्दै ।
गत असोज इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आज आफन्तले बुझेका छन् ।
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ ।
पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।
कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङसा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण गरी आज उद्घाटन गरिएको छ । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तरपश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाइमा १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुनरनिर्माणपछि गढीले आकार लिएको छ ।