ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण गरी आज उद्घाटन गरिएको छ । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तरपश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाइमा १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुनरनिर्माणपछि गढीले आकार लिएको छ ।
दाङमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
फूलपातीको दिनको अवसर पारेर मनाइदैआएको घोडा दौड प्रतियोगिता यो पटक पनि सम्पन्न भएको छ । कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका र पशुसेवा तथा पशुअस्पताल जुम्लाको प्रायोजनमा घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।
युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका(३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जानुहुन्थ्यो ।
नवलपरासी पूुर्बको बौंदीकाली गाउँपालिका १ मचेडीका लालबहादुुर खड्का रोटेपिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको दश बर्ष भयो ।
अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ ।
दाङको बंगलाचुली गाउँपालिका –५ फलिदे निवासी ब्लड क्यान्सरपीडित पूजा बुढामगरको उपचरका लागि दक्षिण कोरियामा कार्यरत रहेका नेपाली युवाहरुले करिव साढे दुई लाख रुपियाँ सहयोग गरेका छन् ।
चाडपर्वको मौसम सुरु हुनासाथ झिनियाँको कारोबार बढेको छ । जिल्लाका विभिन्न स्थानका व्यापारीले झिनियाँ बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशैँ तथा अन्य चाडपर्वमा रोटीको रुपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ ।
बडादसैंंको आठौँ दिन प्रसिद्ध शक्तिपीठ दोलखाको भीमेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । महाष्टमीको दिन भएकाले भीमेश्वर मन्दिर दर्शन तथा बली पूजाका लागि बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको हो ।
कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा हुनुहुन्छ । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुग्नुभएको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ ।
राष्ट्र बैङ्कले दसैका लागि नयाँ नोट देशैभर पठाउने भनेको भए पनि हुम्लावासीले नयाँ नोट साट्न पाएनन् । राष्ट्रिय बाणिज्य बैङ्कको सिमकोट शाखाले पहिलेकै अरु नोटको मौज्दात राम्रो भएका कारण नयाँ नोट नल्याएको जनाएको छ ।
त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (युएइ)ले आइतबार हङकङलाई छ विकेटले हराएर फाइनलमा खेल्ने सम्भावना बलियो बनाएको छ ।
बिरुवा गाउँपालिका ७ स्थित मनकामना मन्दिरमा दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिनेभएको छ । कात्तिक ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना गरिनेभएको हो ।