सुर्खेतमा कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ सङ्कलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको सङ्कट समाधानको लागि बृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ ।
नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको बताउनुभएको छ ।
पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो ।
आगामी वैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।
विगतमा वर्षहरुमा फागुन–चैतमा प्रायः सुनसान रहने शहीद स्मारक यो वर्ष भने गुल्जार बनेको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा विगतमा वर्षहरु फागुन–चैत महिनामा पर्यटकहरुको आगमन अत्यन्त हुन रहने गरेको थियो ।
देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।
दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज (मङ्गलबार) बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।
विद्युत चोरी गरिरहेको आरोपमा मङ्गलबार जिल्लाको विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै दुई महिनाको अवधिमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १३१ पुगेको छ ।
बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो ।