तिहारमा तनहुँ कारागारका कैदीबन्दीले तीन वर्षपछि भाइटीका लगाउन पाउने भएका छन् । कोरोना सङ्क्रणले गर्दा यसअघि भाइटीका लगाउन नपाए पनि यसपाली लगाउन पाउने व्यवस्था मिलाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गत असारको पहिलो साताबाट बल्देमा रोकिँदै आएका बस पाँच महिनापछि बल्ल सदरमुकाम मार्तडीमा पुगेका छन् ।
कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ रु भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’
आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।
नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
१४० मेगावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत आयोजनाको काम तीव्र रूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिनुभयो ।
तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो ।
तनहुँको दुई पालिका जोड्ने एक ऐतिहासिक पुल संरक्षणविहीन अवस्थामा छ । तीन सय वर्ष अघि स्थानीय फलाम खानी र स्थानीय कालिगडले भिमादमा निर्माण गरेको पुल ऐतिहासिक भए पनि संरक्षण गर्न कसैको ध्यान नपुग्दा जीर्ण बनेको छ ।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका–१ मा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन गरिएको छ । कार्यालयको नाम परिवर्तन भएसँगै कार्यालयबाट प्रदान गरिने सेवा, कार्य विवरण पनि थप भएको छ ।
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।
कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फुल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ विघामा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो ।”
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दैलेखमा पिङ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका –६ काँडाचौरका १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनुभयो ।