बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहँुदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसुति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी ९इ–हाजिरी० वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ।
आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ ।
मोरङ र झापामा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थालहरू यति बेला परम्परागत जातीय नृत्य दासाईमा रमाई रहेका छन् । प्रकृति पूजक सन्थालहरू आदिकलादेखि नै दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । विजयादशमी देखि पूर्णिमा सम्म उनीहरू आफ्नो गाउँ टोलमा दासाई नृत्य नाचेर दसैँ मनाउने गर्छन् ।
पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानी महल घुमेर फर्कने क्रममा तानसेन–रानी महल सडक खण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते हुनुभएको थियो ।
पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै पुरातात्त्विक हतियार र निशानलाई नेपाली सेनाले सलामी अर्पण पश्चात् प्रदर्शन गरिने भएको छ ।
जिल्लाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्–रामपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भ्यान सडकदेखि दुई सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
तनहुँ व्यास नगरपालिका–३ निवासी डा। विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किनुभयो । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जानुभएको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
भीमदत्त नगरपालिका-९ टुडीखेलबाट देखिएको महाकाली नदीको मनोरम दृश्य ।
करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई