बाजुराको हिमाली गाउँपालिका –४ बोर्ताका ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । असोज २३ देखि २६ गते सम्म लगातार परेको अविरल वर्षाताका कारण हिमाली गाउँपालिकाका झण्डै ११३ परिवारहरू बाढीपहिरोबाट प्रभावित बनेका थिए ।
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मंडलबीच त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेभएको छ ।
तेह्रौँ शताब्दीदेखि निरन्तर हुँदैआएको संस्कार आगादेऊ पूजा मंगला गाउँपालिका –३ बरंजामा सुरु भएको छ । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरूले यो पर्व मनाउँदैआएका छन् ।
गण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्न सफल धादिङ जिल्लाका खेलाडी नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दावी गर्नुभयो ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२मा न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियनसिप लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति भएको खेलमा चेल्सीले आरबी साल्जबर्गलाई २-१ गोलले हरायो ।
आईसीसी यू–१९ महिला क्रिकेट टोलीले अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ११ मिक्स महिला टोलीलाई पराजित गरेको छ ।
बागमती प्रदेशले यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
उपाधि दावेदार टोली ङ्ल्यान्डलाई आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा आयरल्यान्डको नमिठो धक्का लागेको छ ।
विद्युत् समस्या भोगिरहेका बेला अस्पताललाई इन्धन सहयोग गरिएको छ । आवश्यकताका आधारमा जेनेरेटरबाट अस्पतालले आफ्नो सेवा सुचारु गरोस् भनेर सहयोगी निकायबाट इन्धन सहयोग गरिएको हो ।
गुल्मीका ग्रामीण क्षेत्रका कृषक आलुखेती गर्न निकै व्यस्त छन् । जिल्लाको मुसिकोट नगरपालिकाका महिला कृषक समुहमा आबद्ध भएर आलु खेती गर्न उहाँहरु व्यस्त हुनुभएको हो ।
राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हूदँ यहाँस्थिति विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ । कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।
पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी राजमार्ग सञ्चालनमा आएको छ । लामो समय सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयबासीलाई दशैको समयमा दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।