• १ जेठ २०८२, बिहिबार

पाल्पामा जिप दुर्घटना पाँच जना घाइते

blog

रेखीराम राना 

पाल्पा, कात्तिक ६ गते । जिल्लाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भ्यान सडकदेखि दुई सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । 

दुर्घटनामा परी रम्भा–४, रमाइडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते हुनुभएको छ । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य छ । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।