वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। बुटवलका विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायीलाई एकत्रित गरी बुटवलको वडा नं. २ मा रहेको मैनाबगरको बगर क्षेत्रमा बुटवल उपमहानगरपालिकाको पहलमा २२ वर्षअघि मैनाबगर अटोभिलेज स्थापना गरिएको थियो। अहिले अटोभिलेजमा एक हजार अटो व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ १० हजारभन्दा बढी मजदुरले रोजगारी प्राप्त गरेका छन्।
दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।
धनगढीकी खगिता रोकायालाई टाउको दुख्ने समस्या छ। उहाँले यस रोगको उपचारका लागि पाँच वर्षसम्म विभिन्न अस्पताल धाउनुभयो तर समस्या ज्युँका त्युँ भयो। “उपचार गराउँदा गराउँदै ऋण लाग्यो,” रोकाया भन्नुहुन्छ, “तर पनि टाउको दुख्ने समस्याबाट छुटकारा मिलेन।” अहिले त एलोपेथिक औषधि देखेर दिग्दार लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ।
भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ ।
ललितपुर महानगरपालिका–१, बखुन्डोलमा समिट होटल र अपार्टमेन्ट रहने व्यापारिक भवनको जग खन्दा आसपासको टोल नै भासिएपछि व्यापारिक घरानाहरूले नै राज्यको नियम–विधिप्रति कति बेवास्ता र लापरबाही गर्दा रहेछन् भन्ने थप उदाहरण मिलेको छ । कुल १९ रोपनी जग्गामा त्यो व्यापारिक भवन निर्माणका लागि भवन ऐन, संहिता, नियमावलीबमोजिम महानगरपालिकाबाट नक्सा पारित नै नभएको खुलेको छ । निर्माण पक्षले महानगरको नियमअनुसारको निवेदन दर्ता, सम्बन्ध, निर्मा
अहिले नेपालमा डाटा सुरक्षा र कानुनी अड्चनका बारेमा दिनहुँजसो चिया गफ हुने गर्छ । साथै स्कुल, कलेज र सरकारी कार्यालयमा पनि यसैको चर्चा छ । अबको बहुमूल्य सम्पत्ति भनेकै डाटा हो भन्ने कुरा विश्वले स्वीकार गरिसकेको छ र त्यसतर्फ उनीहरूले ठूलो मात्रामा लगानीसमेत बढाइसकेका छन् । नेपालमा सरकार र निजी क्षेत्रबाट डाटा सङ्कलन र भण्डारणको कार्य तीव्र रूपमा भइरहेको छ ।
सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमभित्र दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि विभिन्न प्रकारका योजना सार्वजनिक गरिसकेको छ । जसमा नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।
साइबर अपराध इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यस खाले अपराधमा न हतियारको आवश्यकता पर्छ न त कुनै देशको सीमाले नै छेक्छ । कम्प्युटर र इन्टरनेटको साथमा पछिल्लो समय प्रयोगमा आएका स्मार्ट मोबाइल तथा ट्याब्लेटसम्ममा पनि साइबर अपराध हुने स्पेसको कभरेज पुगेको छ ।
युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् ।
“नेपाली कांग्रेसका सभापतिको हैसियतमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनार्थ मैले क्रान्तिको आह्वान गरेको हुँदा सबै व्यक्ति र घटनाको जानकारी मलाई नभए पनि भएका घटनामा मेरो नैतिक दायित्व रहेको छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्कीबास सडक विस्तारको काम अब चाँडो हुने बताउनुभएको छ। मुख्यमन्त्री अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब आठ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताउनुभयो। त्रिवेणी पुग्नुभएका मुख्यमन्त्री अधिकारीसँग त्यहाँका स्थानीयले बाटो विस्तारको कुरा पटकपटक भए पनि तत्काल सुरु गर्न आग्रह गर्दै छिटो काम थाल्न ध्यानाकर्षण गराएका थिए।
पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।
नेपाल बिमा प्राधिकरणले लघुजीवन बिमा र निर्जीवन बिमा गर्न चाहनेलाई सीमा छुट्याएको छ । प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबिमा निर्देशन–२०७९’अनुसार लघुनिर्जीवन बिमातर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बिमातर्फ पाँच लाख रुपियाँभन्दा कम बिमाङ्क रकमको मात्रै बिमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।