पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको हो ।
दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपािलगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।
खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।
र्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डका लागि मिनी बस सञ्चालन हुन पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय बीरेन्द्रनगर सुर्खेतले उक्त सडकमा मिनी बस सञ्चालनकका लागि अस्थायी रुटपरमिट प्रदान गर्दा मिनी बस सञ्चालन हुने बाटो खुलेको हो ।
आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।
अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।
इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र इजरायल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ ।
कोलखोप युवा क्लवले १२ नं. वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घले युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोलखोपले उपाधि जितेको हो ।
नेपालीहरुको घर–घरमा वडादसैैँ भित्रिसकेको छ । घरदेखि बाहिर रहेका मानिसहरु दसैं मनाउन घर फर्किरहँदा गाउँघरमा दसैंको चहलपहल समेत बढेको छ ।
नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।
इजरायलमा आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएको हो । बाँकी १ जनाको शव केहीबेरमा आउने बताइएको छ ।
पालगाउँमा राखिएको लिङ्गे र चर्खे पिङले दसैंमा रौनकता थपेको छ । जिल्लाको विभिन्न स्थानमा राखिएका लिङ्गे र चर्खे पिङले रौनकता बढाएको स्थानीय बासिन्दाले बताएका छन् ।
आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।