झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
बर्दिबास नगरपालिकाले जग्गा वर्गीकरण गरे पनि नापी विभागले कित्ताकाट फुकुवा नगर्दा सर्वसाधारण आन्दोलनको मानसिकतामा पुगेका छन्। नगरपालिकाले गरेको वर्गीकरणमा प्राविधिक त्रुटि देखाउँदै विभागले जग्गा फुकुवा नगर्दा बर्दिबास नगरका दुई लाख बढी कित्ताको कारोबार लामो समयदेखि ठप्प छ। यसबाट करिब ४० हजार स्थानीय बासिन्दा प्रभावित भएको नगरपालिकाले जनाएको छ। वर्गीकरणको प्राविधिक गाँठो फुकुवा नहुँदा मालपोत र नापी कार्यालय पनि सुनसानप्रायः छन्।
हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा प्रथम हुने बालकलाई बाख्रा र पाठा उपहार दिइएको छ। हरिवन–८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले बन्द हुनै लागेको विद्यालयलाई उकास्ने अभियानअन्तर्गत नमुनाका रूपमा ‘स्कुल फस्ट’ हुने कक्षा १ का बालक निश्चल मोक्तानलाई पाठा र बाख्रा प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले बालकलाई प्रदान गरिएको बाख्रा र पाठाबाट उनको परिवारलाई आयस्रोतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो।
युवा पुस्तामा ‘फेरी’ लगाउने परम्परागत कामप्रति आकर्षण नभएपछि जोगीहरूको पुख्र्यौंली पेसा सङ्कटमा पर्दै गएको छ। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीलाई अचेल चैत र कात्तिक आएको गएको थाहा हुन छोडेको छ। नयाँ पुस्ताले जोगीलाई माग्ने भिखारीका रूपमा हेर्न थालेपछि जोगी समुदायका युवासमेत वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। आफूलाई पृथ्वीनारायण शाहका गुरु गोरखनाथका सन्तान भएको दाबी गर्ने जोगीहरू द्वन्द्वको १० वर्ष
झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ। मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले बताउनुभयो।
दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले राज्यको स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।
आर्टमान्डुले नयाँ म्युजिकल चलचित्र ‘माया जाने हो त ट्याक्टरमा’ सार्वजनिक गरेको छ। गीतको भिडियोमा सम्रान्त थापा, अञ्जना बराइली र प्रकाश नेपालीको अभिनय छ।
मदन पुरस्कार विजेता निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार–२०७९ प्रदान गरिएको छ। साहित्य कला सङ्गम दमकले नयाँघरेसहित सात स्रष्टालाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा साहित्यकार चूडामणि रेग्मी, युद्धवीर राना, प्रतिभा पौडेल, मुकुन्द प्रयास र मूर्तिकार हिम्मत नेम्वाङ गरी पाँच जनालाई भवानी मिश्र पुरस्कार–२०७९ प्रदान गरिएको थियो। विभिन्न लोकगीतका सङ्कलक तथा गायक, सीताराम ताजपुरियालाई तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको थियो।
नेपालमा लगानी हुने १० करोड रुपियाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अब स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ लाई संशोधन गरी दुई करोडदेखि १० करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । नियमावली हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएका हो । विदेशी लगानी स्वीकृत अब अनलाइबाट हुँदा लगानीकर्तालाई सहज हुने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले नियमावली संशोधन गरेर १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको छ। अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग सोमबार सिंहदरबारमा आयोजित छलफलमा बैङ्कको ब्याजदर घटाउने उपाय खोजिएको तर ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको हो।
सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने भएको छ । संविधानअनुसार पहिला केन्द्रमा रहेका कर्मचारी अहिले सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन भएको र प्रशासनिक सङ्घीयतालाई थप बलियो बनाउनका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य हो भन्नुभयो ।
दलित, गरिब, मजदुर यहाँ बाँटै कौन हालमे ! कौन कौन कथा कही भैल बा नेपालमे !! किहुके कमिसन मिलल, किहु खाइल भत्ता ! बैंक सब खाली होगैल, रहगैल खाता !! (दलित, गरिब, मजदुर छन् यहाँ कुन हालतमा, के के कथा भयो यहाँ नेपालमा । कसैले खान्छ कमिसन, कसैले खान्छ भत्ता । बैंक जति सबै खाली भयो, बाँकी रह्यो खाता) ।