• १ जेठ २०८१, मङ्गलबार

नवजात शिशु मृत फेला

blog

फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, कात्तिक ५ गते । हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहाेर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिने अवस्थामा रहेको प्रदेश प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।