• २५ असार २०८१, मङ्गलबार

प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा प्रदर्शन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ५ गते । प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासी प्यालेस्टाइनको समर्थन गर्दै सडकमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर विरोध जनाएका हुन् । इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गाजावासीलाई लचिलोपन कायम गर्न आग्रह  गरेका छन् ।