• ७ जेठ २०८१, सोमबार

भूकम्पको बारम्बार धक्का, अधिकांश मानिस घर बाहिर, मैदी र खरी आसपासमा पहिरो

blog

मुरारी अधिकारी

धादिङ, कात्तिक ५ गते ।  धादिङकाे खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।