सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा बस सञ्चालन हुन थालेको छ । वडा कार्यालयले खोलाको बाटो मर्मत गरेपछि लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलाको सबै भेगसम्म बस सञ्चालन हुन थालेका हुन् । सडक नपुगेको त्यस क्षेत्रमा हिउँदमा पानी कम भएका बेला खोलाको बगरबाट बस गुड्ने गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिका–८ स्थित चौराखोलामा तटबन्ध गर्ने कार्यसँगै स्थानीयको घर र खेतीयोग्य जग्गाको संरक्षण भएको छ । तटबन्धसँगै १५० घरधुरी लाभान्वित बनेका हुन् । चौराखोलामा तटबन्ध गरेपछि स्थानीयको घर बाढीको खतराबाट मुक्त भएको र ६० बिघा खेतीयोग्य जमिनसमेत सुरक्षित भएको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुलीले जानकारी दिनुभयो । तटबन्ध निर्माणपछि स्थानीयले खेती लगाउन खनजोतसमेत सुरु गरेका छन् । बागमती प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेट
पूर्वी नवलपरासीको हुप्से कोटका महिला अर्गानिक खेतीसँगै पिँडालु खेतीमा नै आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो हुँदैन । जसका कारण यहाँका अधिकांशले पिँडालु खेती गर्दै आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । जुकेपानीका २५ घरधुरीले पिँडालु खेतीबाट आफ्नो घरखर्च चलाउँदै आएका छन् ।
उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको दुरावस्थाका कारण दसैँमा घर नपुगिने हो कि भन्ने चिन्ता बढेको हो ।
पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ ।
अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपियाँ अनुदान दिने भएको छ ।
इराकबाट भाग्यले बाँचेर नेपाल फर्केका मसवीरलाई पछिल्लो इजरायल घटनाले पुनः त्रसित बनाएको छ । हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि म्याग्दीका मसबीर रोका पुनः त्रसित भएको बताउनुभएको छ ।
नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीले शनिबार प्रथम बङ्गबन्धु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । यी दुवै खेलाडी सितापाइला डोजाङका उत्पादन हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।
दशैंमा खर्चको जोहो गर्न गाउँका स्थानीय महिला खसीबोका बेच्न बजारमा व्यस्त हुनेगरेका छन् । पुरुषहरु रोजगारीका लागि बाहिर गएपछि महिला आफै बजार गएका हुन् ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।
दाङकमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरणमा सहयोग सुरु गरेको छ ।
लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ ।
उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।