नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताउनुभएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताउनु भएको छ ।
मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिकाका २, ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् ।
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनले स्याङ्जाका चित्रबहादुर गुरुङ (लाला) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।
देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हामी कक्षा ८ का विद्यार्थी मिति २०७९ फागुन ८ गते सोमबारका दिन कालिका गाउँपालिका–२ को काभ्रे गाउँ गयौँ । हाम्रो पेसा, व्यवसाय र प्राविधिक शिक्षाका विषय शिक्षक कृष्ण अर्याल सरद्वारा पढाइएको एकाइ १५ मा रहेको पाठ–२ विकासबाट परम्परागत प्रविधि भन्ने शीर्षक अध्ययन गरेका थियौँ । त्यसमा हामीले आधुनिक युगको पिठो पिस्ने मिल र परम्परागत पानीघट्ट प्रत्यक्ष अवलोकन गर्ने गरी हा
भाइबहिनी हो ! तिमीहरूले समयलाई कत्तिको महत्त्व दिन्छौ ? समयको व्यवस्थापन कसरी गर्छौ ? तिमीहरूले कतै समयलाई बेवास्ता गरिरहेको त छैनौँ ? समय मानव जीवनका लागि कति अमूल्य छ भन्ने कुरा आज तिमीहरूले जानकारी प्राप्त गर्ने छौ । भाइबहिनी हो ! मानव शरीरका लागि जति मुटुको महत्त्व रहेको हुन्छ त्यति नै समयको महत्त्व रहेको हुन्छ । समय अमूल्य भएकाले यसको महत्त्व पैसा, हीरा, मोती, मणि, सुन आदि केहीसँग पनि तुलना हुँदैन । समय एउटा यस्तो चक्र हो, जुन कुमालेको चक्रजस्तै फनफनी घुमिरहेको हुन्छ । यो आफ्नै गतिमा दौडिरहेको हुन्छ । न त यसलाई कसैले रोकेर रोक्न सक्छन्, न त आफै रोकिन्छ । यो निरन्तर निर्विछिन्न रूपमा आफ्नै र
बालपत्रिका ‘मुना’को नयाँ स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’का लागि यस पटक हामीले वि सं. २०१२ मा खाँदबारी, सङ्खुवासभामा जन्मनुभएकी साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानको पूर्वप्राज्ञ परिषद् सदस्य तथा मनोहरा माध्यमिक विद्यालय काठमाडौंकी पूर्वप्रधानाध्यापक नर्मदेश्वरी सत्यालसँग एसओएस हर्मनमाइनर विद्यालय पनौतीमा कक्षा ९ मा पढ्ने छात्र सृजन भट्टराईले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार नर्मदेश्वरी सत्याल र बालक सृजन भट्टराईको संवाद :
पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आइतबार एक विशेष कार्यक्रमबीच वितरण भएको छ । पद्मकन्या क्याम्पसमा सम्पन्न भएको कार्यक्रममा ‘पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार’ साहित्यकार रत्न प्रजापतिलाई प्रदान गरिएको थियो भने तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान शोभा दुलाललाई प्रदान गरिएको थियो । यसैगरी ‘नील–गङ्गा भाषा साहित्य पुरस्कार तथा सम्मान’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीत, सङ्गीत पुरस्कार तथा सम्मान’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान’ सत्यकला राईलाई दिइएको थियो । कार्यक्रममा ‘कृष्णलाल र गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान’ छेवाङ तेन्जिङ लामालाई, ‘परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान’ खेमनाथ दाहाललाई र ‘पुष्पपराग युवा साहित्यकार सम्मान’ डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गरियो ।
मुना पाई केटाकेटी सबै परे दङ्ग मुनाले उनीहरूको जीवनमा उमङ्ग । कहिले आउँछ भनी हामी पर्खिरहन्छौँ
रुखहरूबाट पात झर्छ निसास्सिने गरी हुरी चल्छ आँखै हेर्न नहुने गरी छारो र धुलो बेस्सरी उड्छ