प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बताउनुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो ।
। बागमती प्रदेश सरकारले लक्षित वर्गका लागि सुरु गरेको एकीकृत बस्ती तथा आवास निर्माण कार्यक्रमको कार्यान्वयन नै सुस्त बनेको छ । यो कार्यक्रम मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने चेपाङ, वनकरिया,
नवलपुरमा ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्र पारेको छ । दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।
जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
भोजपुर सदरमुकामस्थित जिल्ला कारागार परिसरमा ८१ वर्षपछि ऐतिहासिक, धार्मिक र सांस्कृतिक एवं आस्थाको धरोहरका रूपमा मानिएको निशान भगवती मन्दिरको पुनस्र्थापना गरिएको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले बाजागाजा र
नेपालीहरुको महान चाड बडा दसैं मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ ।
दार्चुलामा दसैँ विशेष सुरक्षा योजना लागू भएको छ । सुरक्षा योजनाअन्तर्गत यसपालि ट्राफिक नियम उल्लङ्घन, जुवातास र मापसे लगायत सम्भावित जोखिमका क्षेत्रमा निगरानी गरिने प्रहरीले जनाएको छ ।
मकवानपुरको दुई गाउँपालिकाले विजया दशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई नगदसहित खसी र खाद्यान्न प्रदान गरेका छन् ।
दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् ।
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाच्ने प्रचलन छ ।
नेपालीको महान् पर्व दसैँको चौतर्फी रौनकता छाएको छ । सहर बजारबाट मात्र होइन, घरपरिवारको जीविकाका लागि परदेसिएकासमेत गाउँ घर फर्केका छन् । हुने खानेदेखि हुँदा खानेसम्म सबैले आआफ्नो क्षमता, हैसियत अनुसार दसैँ मनाउने तयारीमा छन् ।
हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।