एउटा सानो घरमा आमा र छोरी बस्थे । छोरी विनिता साह्रै अल्छी थिइन् । आमाले भनेको कुरा पटक्कै नमान्ने, गुरुआमा र गुरुबाले दिएको गृहकार्य नगर्ने र सकेको काम पनि नगर्ने भएको हुनाले ऊ जहिले फेल भएर बस्थिन् । आमाले विनितालाई सम्झाउँथिन् तर विनिताले मान्दिनथिन् । आमाले ‘गृहकार्य गर’ भन्दा विनिताले ‘मैले त विद्यालयमा नै गरिसकेँ’ भनेर ढाँट्ने गर्थिन् । उसको बानी देखेर सबैले उसलाई गाली
आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।
सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
एक ३५ वर्षीय युवाले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने हिसाबले पैदल यात्रा सुरु गरेका छन् । उनी सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्किएका हुन् ।
नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यु इयर, न्यु हाइट, न्यु मेमोरिज विथ होटल भ्यु भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्री वेलकम ड्रिङ्क्स, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफास्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।
माध्यमिक शिक्षाको चालु शैक्षिक सत्रको परीक्षा सकेर कतिपय विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि विज्ञापन गर्न सुरु गरेका छन् । कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने ? भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन । विद्यालयहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन् । नियम तथा नियमनकारी निकाय यसमा ध्यान दिँदैनन् । तिनको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका हुन् । यसले सबेरैदेखि साँझ अबेरसम्मै काम गरेर परिवार पाल्ने र सन्तान शिक्षित बनाउन पाए धन जम्मा नभए पनि फरक पर्दैन भन्ने मानसिकताका अभिभावकलाई धोतीटोपी फाट्दा नयाँ किन्न ऋण खोज्नुपर्ने अवस्थामा पु¥याउँदै छ ।
‘मैले तपाईंलाई गएको निर्वाचनमा चैँ मतदान गरेको हुँ ।’ –माओ बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनको उपक्रम चलिरहेको छ । यस उपनिर्वाचनले राष्ट्रिय तहको चर्चा पाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा गृहमन्त्रीको भूगोलमा हुन लागेको निर्वाचन भएकाले यसको चर्चाको आयतन तन्केर भारतको उत्तर प्रदेश, बिहारसम्म पुगेको आमजनता पार्टीका अध्यक्ष प्रभु साहले शुक्रबार धनुषाको एउटा कार्यक्रममा भन्नुभयो । उहाँको भनाइ बारा–२ को उपनिर्वाचनसँग तालुक राख्छ । नेपाली मूलका जनता निर्वाचनप्रति खास चासो राखिरहेका छैनन्, भारतीय सहरका जनता उत्सुकतापूर्वक हेरिरहेकाले सचेत रहन साहले गर्नुभएको सङ्केत कतै सीमामा मतको दुरुपयोग पो हुन्छ कि भन्ने नै होला । उहाँले गर्नुभएको सङ्केतले अघिल्लो निर्वाचनमा चौथो स्थान हासिल गरेको उहाँको पार्टीका लागि कस्तो होला, नतिजा कुरौँ तर उपनिर्वाचनको रौनक
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. २ खुलालुको बस्ती बाढीको उच्च जोखिममा छ । उक्त बस्तीलाई अहिले तटबन्ध गरेर सुरक्षित गर्ने प्रयास भइरहेको छ ।
विश्वमा धेरै किसिमका चिकित्सा प्रणाली छन् । जसमध्ये होमियोप्याथिक चिकित्सा संसारका धेरै देशमा प्रचलनमा छ । यो चिकित्सा प्रणालीको अनुसन्धानकर्ता जर्मनीका तत्कालीन डा. श्यामुएल हनिम्यान हुनुहुन्छ । होमियोप्याथिक प्राकृतिक सिद्धान्त समं समः समयति (लाइक क्योरस्लाइक) मा आधारित रहेर काम गर्छ ।
सामान्यतः अर्थतन्त्र मन्दीतिर गएपछि कुल गार्हस्थ उत्पादनमा असर पर्ने अर्थशास्त्रीय मान्यता हो । त्यस्तो बेला आर्थिक गतिविधि शिथिल हुँदै जाने त छँदैछ साथसाथै उपभोक्ता मागमा कमी हुँदै जान्छ अनि बेरोजगारी उच्च हुँदै जानेछ । विकसित देशको आर्थिक गतिविधिलाई ध्यानमा राखेर अर्थशास्त्रीय मान्यता विकास हुने गर्छन् । अर्थतन्त्र मन्दीतिर गएको नेपालमा भने राज्य स्तरमा कुनै चर्चा भइसकेको छैन । सम्बद्ध निकायले औपचारिक रूपमा मन्दीतिर गएको अर्थतन्त्रको चरित्र स्वीकारसमेत गरेका छैनन् तर गाउँघरका आर्थिक क्रियाकलापले भने देशको अर्थतन्त्र मन्दीतिर गएको स्पष्टै देख्न सकिने रहेछ । सामान्य मानिसले अर्थतन्त्रको मन्दी चरित्र अनुभूत गर्दै पीडा भोग्दैछन् ।
दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।
मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई गएको साता प्रहरीले काठमाडाँैमा पक्राउ ग¥यो । ती मरेका भनिएका मानिस वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने हुन् । जसले ऋण गरेर विदेश गई केही रकम कमाएर जीवन सहज बनाउने सपना बोकेर मृत्युवरण गरेका थिए । अपराधी गिरोहले मृतकका परिवार
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूसँगै कोरोना बढ्न थालेको छ। कामको सिलसिलामा भारत गएकाहरू घर फर्किन थालेसँगै कोरोना सङ्क्रमण बढेको हो। अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका व्यक्ति छन्। विभिन्न नाकाबाट आएका ७१६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबीचको असन्तुष्टिलाई सम्बोधन गरेपछि मात्रै सद्भाव सम्भव हुने बताउनुभएको छ। टीकापुरमा भइरहेको साहित्य महोत्सवमा ‘राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ’ विषयमा बहस गर्दै डा. भट्टराईले नेपालमा भएका हरेक आन्दोलनमा मानिस मारिने गरेको बताउनुभयो।