। कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सुर्खेत र कैलाली हुँदै हजारौँ किलोमिटर उडान भरेर आएका ‘क-याङकुरुङ’ सारस भारततर्फ जान थालेका छन् । उत्तरी एसियाको मङ्गोलिया, रसिया र चीनबाट आएका ‘क-याङकुरुङ’ जाडो यामभरि अस्थायी बसोबासका लागि भारततिर जान थालेका हुन् ।
दसैँको सप्तमीका अवसरमा स्वर्गद्वारी प्युठान दाङ सरोकार समाजले शनिबार बिहान दाङको घोराहीमा सराय नाच प्रस्तुत गर्ने क्रममा सहभागीहरू । तस्बिर: रासस
रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरकी ४१ वर्षीया गीता बसेलले गत वर्षको दसैँको नवमीका दिन आत्महत्या गर्नुभयो । उहाँका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्षपछि यही असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उहाँहरूका चार छोरा अहिले बिचल्लीमा परेका छन् ।
रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निराश बनेर गाउँ फर्कनुभयो ।
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् ।
बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ ना
हेटौँडा–धरान चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । उनीहरू मध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।
नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि इन्धन वितरण नियमित गर्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुुला राखेको हो । ४ गतेदेखि ९ गतेसम्म बिदाको दिनमा तोकिएका डिपोबाट पेट्रोलियम पदार्थ बिक्रि खुला गरिने निगमले जनाएको छ ।
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीले रात्रिकालीन पैदल गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडपर्वलक्षित सुरक्षा योजना अनुसार हेटौँडा बजारसहित मकवानपुरका विभिन्न स्थानमा रात्रिकालीन पदैल गस्ती सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ । मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ ।
नवरात्रिको सातौँ दिन (शनिबार) दुर्गापीठ, दसैँघर, कोत तथा घर घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।
स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच गत साता भएको १९ बुँदे सहमति सम्बोधन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेको छ । स्थानीय तहका कर्मचारीसँग भएको सम्झौता सम्बोधन गर्न सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई परिमार्जन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य गर्न लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।