वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुनेभएको छ ।
इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ ।
विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ ।
गण्डकी प्रदेशअन्तर्गत अस्पतालको न्यूनतम सेवा मापदण्डका आधारमा पर्वत अस्पताल प्राइमरी अस्पतालमध्ये उत्कृष्ट बनेको छ ।
दसैं तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह वराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।
क्यानडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित रहेको छ ।
चाडपर्वसँगै अर्जुन चौपारी गाउँपालिका–५ ले घण्टे देउराली, मुलाबारी, पीपलडाँडामा गरेको बजार अनुगमनमा यहाँका पसलमा चरम लापरवाही भेटिएको छ ।
असार २ गते राति भएको अविरल वर्षासँगै गएको पहिरोले घर भत्केर बिचल्लीमा परेका जिल्लाको फालेलुङ–३ निवासी मनप्रसाद राई दम्पतीलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।
दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।