लामो समयदेखि अन्योल बनेको नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिन बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिने प्रक्रिया सुरु गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेपछि गत असोजदेखि अन्योल बनेको थियो ।
प्राकृतिक स्रोतमाथि हुने दोहन पछिल्लो समय सामान्यजस्तै भएको छ। प्राकृतिक स्रोतको अवैध रूपमा हुने गरेको दोहनले वातावरणमा पारेको प्रभाव र सामाजिक असरलाई लिएर आवाज उठ्ने गरे पनि केही समय रोकेजस्तो गर्ने र आवाज मत्थर हुन थालेपछि पुनः दोहन गर्ने प्रवृत्ति छ । सरकारी निकाय पनि कहिले सक्रिय हुन्छन् त कहिले चुपचाप बस्छन्।त्यसैको उदाहरण हो, धादिङमा पछिल्लो समय भइरहेको नदीमाथिको अवैध दोहन। धादिङको त्रिशूली नदी, मलेखु खोला र आँखु खोलामा अहिले दिन–रात नभनी स्काभेटरले ढुङ्गा बालुवा निकालिरहेका छन्। खोलाभर स्काभेटर र टिप्पर कुदिरहेको दृश्यले प्राकृतिक स्रोतमाथिको अवैध र अविवेकी दोहन मात्र होइन नियमनकारी निकाय नै थाहा नपाएजस्तो गरेर बसेका छन्।
चितवन निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन्। नेकपा एमाले पार्टीको प्रभाव रहेको मानिएको यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएपछि पुरानो साखलाई जोगाउन एमाले लागिपरेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जित हासिल गर्नेमा आशावादी छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र गरेको छ। विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी रुद्रप्रसाद पण्डितले देशभरिका छ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्रमार्फत जन्म दर्ताका सन्दर्भमा उठेका द्विविधा प्रस्ट पार्नुभएको हो।
शैक्षिक परामर्श संस्था एनलाइटेन इन्टरनेसनल एजुकेसनले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि भावना वाग्लेको नभई निजका साथीको कागजात ‘अपलोड’ गरेको पत्ता लाग्यो । यसका कारण वाग्लेको आवेदन अस्वीकृत हुन पुग्यो । परामर्श संस्थाले तत्काल लिखित रूपमा माफी नै माग्नुप-यो ।
विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।
रत्न–महेश्वर स्मृतिग्रन्थ आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहित उपस्थित अतिथिहरुले स्मृतिग्रन्थको लोकापर्ण गर्नुभयो ।
मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अबुल कलाम आजादले देशमा गणतन्त्र स्थापना भएकै कारण सबै वर्ग समुदायले आफ्नो माग उठान गर्न पाएको बताउनुभएको छ । मुक्त हरवा चरवा पुनःस्थापनाबारे आइतबार गरुडामा आयोजित सन्देश सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ ।
बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ ।
अन्तिम ओभरमा रिंकु सिंहले चमत्कारपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा अविश्वसनिय जित निकालेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ।
बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद र गोपनीयताको आज शपथ लिनुभएको छ ।
मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ।