उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु¥याउन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६०) लाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ ।
संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो।
काठमाडौँ उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्।
दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गम्भीरतापूर्वक छानबिनको काम भइरहेको बताउनु भएको छ ।
संसदीय समितिको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।
काठमाडौं, चैत २६ गते । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालमा पूर्वाधारको अभाव नभए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्ति अभाव रहेकाले अब जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।
बागमती प्रदेशको मन्त्रिमण्डलको आइतबार (आज) साँझ विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
शहीद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ।
साबिक विजेता मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले सङ्कटा क्लबलाई २-१ गोलले हरायो ।
महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।