प्रहरीले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिकसहित प्रहरी र पत्रकारबीचमा एकले अर्कालाई सुस्वास्थ्य, दीर्घायु, भाईचारा र आपसि सद्भावका लागि शुभकामना आदानप्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तिका लागि मौलिक चाडपर्वको विशिष्ट महत्त्व रहेको बताउनुभएको छ ।
ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे कारबाही हुने अनुगमन समितिले चेतावनी दिएको छ । बिहीबार फुङ्लिङ नगरपालिकाको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा व्यावसायिक मापदण्ड उल्लङ्घन भएको पाइएपछि व्यवसायीलाई दण्ड जरिवानासहित कारबाही हुने चेतावनी दिइएको हो ।
नेपालीको महान् चाड दसैँ भित्रिएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँ मनाउनेहरु गाउँघर फर्किएपछि ताप्लेजुङका गाउँमा चहलपहल बढेको हो ।
चाडपर्वसँगै अर्जुन चौपारी गाउँपालिका –५ ले घण्टे देउराली, मुलाबारी, पीपलडाँडामा गरेको बजार अनुगमनमा यहाँका पसलमा चरम लापरवाही देखिएको छ । पसलमा ९ वर्षदेखिका म्याद गुज्रेका सामग्री भेटिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।
‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मूल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।
नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् ।
बडादसैँ घर-घरमा हर्षाेल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरु त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।
दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।
कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य भइरहेको काम बन्द भएको छ । सडक निर्माणमा खटिएका कामदारहरु दसैं मनाउन घरतर्फ लागेको कारण सेनाले सडक निर्माण कार्य बन्द गरेको हो ।
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ ।
कोहलपुर (बाँके), कात्तिक ३ गते । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताउनुभयो । भोजपुरमा शिक्षण पेसामा कार्यरत उहाँ दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताउनुभयो । “टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु” जेठाराले भन्नुभयो, “बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।”स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताउनुभयो । उहाँका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताउनुभयो । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । “यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।”यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिनुभयो । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उहाँको भनाइ थियो ।बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताउनुभयो । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उहाँको गुनासो थियो । “एउटा उडानमा १७ सिट हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।” रासस
हाल नेपालमा पश्चिमी वायुको आंशिक असर छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ ।