नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङ फाँटमा झुलेको धानको बाला । यहाँ किसानले गौरिया र गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका छन् ।
तीन दशकअघि पोखराबाट उदाएको कन्दरा ब्यान्डले हालै नयाँ सदस्य थपेको छ । कुनै बेला नेपाली संगीतमा चर्चित ब्यान्डले अहिले पुनरागमनको तयारी गरेको हो ।
गाउँघरमा युवाशक्तिभन्दा बूढापाका मात्र हुन थालेपछि दसैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङ्गसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङ्गबाट पाउने गरिन्थ्यो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रिकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताउनुभएको छ ।
वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ ।
नेपालीहरुको महान चाड दसैंमा समेत सरकारले उखुको अनुदान उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले शुक्रबार हरिवनमा प्रदर्शन गरेका छन् ।
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले प्रकृति संरक्षण र वन्यजन्तु संरक्षणलाई अझ प्रभावकारी बनाउन तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।
नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको हो । यो नाका भई नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक कम रहेको छ ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ ।
दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठमा नवरात्र सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।